करातेका खेलाडी उत्पादनमा सक्रिय थर्ड डन थोप्रा - Pahilo Online

करातेका खेलाडी उत्पादनमा सक्रिय थर्ड डन थोप्रा

writer

किसोर श्रेष्ठ

उर्लाबारी । नेपाल सितोरीयो कराते संघ मोरङ जिल्ला सदस्य तथा राष्ट्रिय रेफ्री हुन्,मानबहादुर लिम्बू ‘थोप्रा’ । उर्लाबारी ७ निवासी थोप्रा लामो समयदेखी सितोरीयो कराते खेलसँग आवद्ध छन् ।

सुरुमा खेलाडी रहका उनी सितोरीयो करातेका विभिन्न खेल अनुभवहरुबाट हाल प्रशिक्षकको भूमीका निर्वाह गरिरहेका छन् । धनकुटामा २०४६ सालमा मदन उप्रेती, दुर्गाराज निरौला, कालु मेचे लगायतका प्रशिक्षकहरुबाट प्रशिक्षण लिएसँगै उनले कराते खेलमा प्रवेश गरेका हुन् ।

स्वास्थ्यका लागी मात्र नभएर इमान्दार, कर्तव्यनिष्ठ अनि अनुशासित बन्न पनि यस खेलको महोत्वपूर्ण भूमीका खेल्ने थोप्राको भनाई छ । देश, विदेशमा सेना र प्रहरी, चौकीदार, बाउन्सर आदिका रुपमा काम गर्न जादाँ पनि सितेरियो कराँते सिकेका खेलाडीलाई धेरै कुराहरुमा सहजता मिल्ने पनि प्रशिक्षक थोप्राले बताए ।

पछिल्लो समय उनकै कारणले उर्लाबारीमा कराँते सिक्ने विद्यार्थीको संख्या बढ्दै गएको छ । कराँतेको थर्ड डन समेत रहेका थोप्राले विद्यार्थीलाई कराँतेको प्रशिक्षण दिन थालेपछि यहाँका विद्यार्थीमा कराँतेतर्फ आकर्षण बढेर गएकोे हो । आकर्षण बढ्दै जाँदा यहाँका विद्यालयमा पनि यसले प्रभाव जमाउन थालेको हो ।

पूर्वी मोरङका उर्लाबारी, पथरी, राजघाट, मधुमल्ला, टाँडी र सिजुवासम्म पुगेर थोप्राले विद्यार्थीलाई कराँते प्रशिक्षण दिदैँ आउनुभएको छ । हाल उर्लाबारी–७ मा रहेको पशुपति बोर्डिङ स्कुलमा १४० जना, पार्लेन्स बोर्डिङमा ३० जना, पथरीको एभेस्टमा २० जना विद्यार्थीलाई कराँते प्रशिक्षण दिइरहेका छन् । यसैगरी उर्लाबारी ७ मा रहेको डोजोमा ३० खेलाडी थोप्राले प्रशिक्षण दिन्छन् ।

२०१३ मा भारतको कलकत्तामा भएको भेट्रान कराते प्रतियोगीतामा कास्य पदक जित्न सफल थोप्रा २०४९ सालमा धनकुटामा भएको राष्ट्रिय किक बक्सिङमा तेस्रो बनेका थिए । यसैगरी २०६० सालमा झापाको अर्जुनधारामा भएको पानीकल डोजो प्रतियोगीतामा उनी दोस्रो भएका थिए । झापाको दमकमा दमक डोजोले आयोजना गरेको प्रतियोगीतामा थोप्रा तेस्रो भएका थिए भने २०६८ सालमा झापाको सुरुङ्गामा आयोजित ६५ केजी प्रतियोगतीमा प्रथम बनेका थिए ।

दुई दशक बढी समय कराँते खेलमा रत्तिनुभएका प्रशिक्षक थोप्राले हालसम्म ३० जनाभन्दा बढीलाई ब्लाक बेल्ट गराइसक्नुभएको छ । यस्तै देशविदेशमा भएका कराँते खेलमा भाग लिएर निर्णायक तहमा काम गरेको अनुभव पनि उहाँसँग रहेको छ । थोप्रा उर्लाबारी नगरस्तरीय खेलकुद विकास समितिका सदस्य पनि हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes