उर्लाबारीमा फेसन क्रेज (फोटो) - Pahilo Online

उर्लाबारीमा फेसन क्रेज (फोटो)

writer

किसोर श्रेष्ठ

उर्लाबारी । युवा पुस्तामा बढ्दो फेसन मोहलाई आत्मसात गर्दै मोरङको उर्लाबारीमा फेसन ट्रेडस २०१८ सम्पन्न भएको छ ।
शुक्रबार सेन्ट्रल फेसन हब काठमाडौंको आयोजना तथा उत्तम क्रियसनको प्रस्तुतिमा मोरङ मिक्लाजुङका मृगौला रोगी सेनेहाङ लिम्बूको उपचार सहयोगार्थ उक्त कार्यक्रम भएको हो ।

विभिन्न डिजाईनरले डिजाइन गरेका ट्रेडिसनल गाउन ,लेहेंगा ,क्याजुअल डिजाईन, फोर्मल शुट लगायतका डिजाईनमा नायिका निता ढुंगाना, मिस नेपाल सदिक्षा श्रेष्ठ, मोडल/नायक अमृत ढुंगाना, प्रज्वल सुजल गिरी, नेपाल अर्थ रोसनी खत्री, सम्पदा बानियाँ, नम्रता योगी लगायतका दर्जनौंले उर्लाबारीको सिघिंम होटलमा र्याम्प नापेका थिए । दर्शकको बाक्लो उपस्थिती रहेको कार्यक्रममा नायिका निता ढुंगाना, मिस नेपाल सदिक्षा श्रेष्ठलाई दर्शकले नोट गरेका थिए । त्यसो त उनीहरुको प्रस्तुतीमा वान्स मोरको गुज्जायस सुनिन्थ्यो ।

कार्यक्रममा मोड्लिङ लाग्न चाहाने स्थानीय नवमोडलहरुलाई पनि र्याम्प नाप्ने अवसर दिइएको थियो । कार्यक्रम सोचे भन्दा एकदमै पृर्थक र सफल भएको इभेन्ट म्यानेजमेन्टका भूपेन्द्र तुम्बाहाम्फेले बताए । सेनेहाङ लिम्बूको उपचारका लागी संकलित रकम सोही कार्यक्रममा विरामीको आमालाई हस्तान्तरण गरिएको थियो । भिजे सिर्जना लिम्बूले संचालन गरेको कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, कवि उपेन्द्र सुब्बा लगायतको पनि उपस्थिती रहेको थियो ।

तस्बिर : अनिल लिम्बू, दृश्यम् डिजिटल मिडिया

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes