मदन सम्झाउने संग्रहालय (फोटो फिचर) - Pahilo Online

मदन सम्झाउने संग्रहालय (फोटो फिचर)

writer

किशोर श्रेष्ठ

उर्लाबारी । मोरङको उर्लाबारी–३ मा रहेको मदन भण्डारी स्मृति प्रतिस्ठानको हाताभित्र ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ । सो संग्रहालयको उद्घाटन रास्ट्रपति विद्यादेवी भण्डारीले चैत १६ गते शुक्रबार गर्नुहुने छ ।

मदन भण्डारी स्मृति प्रतिस्ठान नेपालका अध्यक्ष गुरु बरालका अनुसार उद्घाटन कार्यक्रममा रास्ट्रपति भण्डारीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि उपस्थित रहने छ ।

१० वर्ष अघि मदन स्मृति कक्षबाट निर्माण सुरु भएको संग्रहालयको निर्माण गर्न ३ करोड खर्च भएको अध्यक्ष बरालले जानकारी दिनुभयो ।
जननेता मदन भण्डारीको २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा रहस्यमय गाडी दुर्घटनामा मृत्यु भएको थियो । सोही बर्ष भण्डारीको रास्ट्रप्रतीको योगदानलाई सदैव अजर, अमर बनाउँदै जनताका छोराछोरीलाई प्राविधिक सीप र व्यवसायीक शिक्षा प्रदान गर्ने उद्देश्यले मदन भण्डारी स्मृति प्रतिस्ठान नेपालको स्थापना भएको थियो ।

के–के छ संग्रहालयमा ?

जननेता भण्डारीसँग जोडिएका सबै वस्तुहरुको खोजी गरि संग्रहालयको स्थापना गरिएको छ । भुइँतलादेखि ३ तलासम्म रहेको संग्रहालयमा जम्मा १६ वटा कोठा रहेका छन् भने हरेक कोठामा भण्डारीसँग सम्बन्धित सामग्री २ मिनेट ३५ सेकेन्डदेखि ४० मिनेट सम्मका भिडियो राखिएको छ ।

संग्रहालयमा भण्डारीको जन्मदेखि मृत्युसम्म र अन्त्येष्टिपछि प्राप्त शोक समवेदनालाई समेत व्यवस्थित तरिकाले सजाईको छ । भण्डारीले राजनीति यात्राको क्रममा पुगेका स्थानको पनि तस्बिर संग्रहालयमा रहेका छ। उहाँको सादा जीवनलाई झल्काउने गरि उहाँले चलाएको साईकल संग्रहालयमा राखिएको छ भने दुर्घटनामा परेको बा.अ.च. ८७९३ नम्बरको गाडी पनि राखिएको छ ।

चैत १८ गतेदेखि संग्रहालय सर्वसाधारणका लागि खुल्ला गरिनेछ भने प्रवेश शुल्क ५० रुपैयाँ रहनेछ । विद्यार्थी, जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिलाई भने ५० प्रतिशत छुट गर्ने प्रतिस्ठानले जनाएको छ । संग्रहालय परिसरको उत्तरपट्टी जल स्विमिङ पुल र बाल उद्यानको पनि निर्माण कार्य भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes