यो वर्ष प्रदेशभरी पुस्तक अभाब नहुने - Pahilo Online

यो वर्ष प्रदेशभरी पुस्तक अभाब नहुने

writer

पहिलो अनलाइन

विराटनगर । आगामी शैक्षिक शत्रमा १ नम्बर प्रदेशमा पुस्तक अभाव नहुने जन शिक्षा सामाग्री केन्द्रले जनाएको छ । केन्द्रले १ नम्बर प्रदेशका पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पु¥याईसकेको दाबी गर्दै पुस्तकको अभाब भएको गुनासो नआउने दावी गरेको हो ।

केन्द्रका प्रमुख ज्ञाननाथ चिमरियाले यो वर्ष १ नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुनेगरी वैशाख ७ गतेभित्र सबै बिद्यालयहरुमा पुस्तक पुग्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ । प्रदेशका जिल्लाहरुमा २५ लाख ६८ हजार पुस्तक आवश्यक रहेकोमा २१ लाख ६ हजार ८ सय ६२ पुस्तक आईसकेको र त्यसलाई पहाडी क्षेत्रमा पठाएको उहाँले बताउनुभयो ।

मागको आधारमा जनक शिक्षा सामाग्री केन्द्रमार्फत डिलरमा जानेगरी ४ लाख ६१ हजार ५ सय ८८ पुस्तक आउन बाँकी छ । अतिरिक्त गणित विषयको पुस्तक भने अहिलेसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ । कक्षा १० को अतिरिक्त गणितको कुनैपनि पुस्तक प्राप्त नभएको चिमरियाले बताउनुभयो । बाँकी पुस्तक एक साताभित्र आउने पनि उहाँले जानकारी दिनुभएको छ ।

कक्षा १ देखि ५ सम्मको जिम्मेवारी पाएका नीजि मुद्रण कम्पनीहरुले पनि १४ वटै जिल्लामा पुस्तक पुगिसकेको जनाएका छन् । नीजि प्रकाशन गृहहरुले पुसतक छपाइको काम सकेको बताउँदै नेपाल मुद्रण व्यवसायी संघ मोरङ अध्यक्ष लभकुमार घिमिरेले पुस्तक अभाव हुन नदिने दावी गर्नुभयो ।

पुस्तकको अवस्थाको बारेमा बुधबार प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनुगमन गर्नुभएको थियो । पुस्तक अभावको समस्या आउन नदिनको मन्त्रालय स्तरबाट पहल सुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले समयमा पुस्तक नपु¥याए नीजि क्षेत्रको लाइसेन्स खारेज गर्ने चेतावनी पनि दिनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes