ईयुको प्रतिवेदन आपत्तीजनकः गच्छदार - Pahilo Online

ईयुको प्रतिवेदन आपत्तीजनकः गच्छदार

writer

पहिलो अनलाइन

विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले युरोपियन युनियनको वक्तव्यप्रति असहमति प्रकट गर्नुभएको छ ।

निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको गच्छदारको भनाइ छ ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले इयुले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेको बताउनुभयो । नेपाली जनताले सार्वभौम संविधानसभाबाट जारी गरेको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु त्यो हस्तक्षेप भन्दै उहाँले संविधानमा आरक्षणको प्रयोग नभइ जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको स्पष्ट पार्नुभयो ।

गच्छदारले अर्थमन्त्री युवराज खतिवडाले दिएको अभिव्यक्तिको पनि विरोध जनाउनुभएको छ । अर्थमन्त्रीले बोल्ने वित्तिकै शेयर मार्केट ओरालो लागेको र त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको उहाँको दावी छ ।

गच्छदारले सरकारका कामको विषयमा भने १ सय दिन कटेपछि मात्रै प्रतिक्रिया दिने बताउनुभयो । अर्को प्रसंगमा गच्छदारले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच अधिकारको विषयमा भएको विवाद कानून निर्माण गरी हल गरने बताउनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes