आमाले छोरालाई तातो आइरनले डामिन् (हेर्नुहोस् फोटो) - Pahilo Online

आमाले छोरालाई तातो आइरनले डामिन् (हेर्नुहोस् फोटो)

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर– ३ कमलमार्गकी सरला काफ्लेले आफ्नै ६ वर्षे छोरोलाई तातो आइरनले डामेको खुलासा भएको छ ।

आइरनले डामिएका उनका ६ वर्षे छोरा सिम्पल काफ्लेलाई सोमबार राती डामेको खुलेको हो । विराटनगरको अन्नपूर्ण बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षे सिम्पल बिहान स्कुल गएका थिए । डे«समा स्कुल गएका सिम्पलले असहज महसुस गरेपछि शिक्षकले कपडा खोलेर हेर्दा जिउभर आइरनको डामैडाम भेटिएको थियो ।

सिम्पलको ढाड र हातको पाखुरामा आइरनले छाला पोलेर पिल्सीएको छ । छोरालाई आइरनले डाम्ने सरलालाई भने मोरङ प्रहरीले पक्राउ गरेको छ । रिसको झोंकमा डामेर घाउ हुँदासमेत उनले छोरालाई उपचार गराउन लानुको सट्टा स्कुल पठाएकी थिइन् ।

स्कुलका शिक्षकले थाहा पाएपछि प्रहरीलाई खबर गरेर सरलालाई प्रहरीकाहाँ बुझाएको स्थानीय दिपक चापागाईंले बताउनु भयो ।

‘आफूले जन्म दिएको बच्चालाई जनावरले त माया गर्छ,’ चापागाईंले आफ्नो फेसबुक वालमा फोटोसहित स्टाटस पोष्ट गर्दै भन्नुभएको छ, ‘मान्छेको जन्म त्यो नि आमा ले गरेको यो अमानविय कार्यले सम्पूर्ण आमाको बेइज्जत गरेको छ ।’ उनलाई कडा कारबाही गर्नुपर्ने चापागाईंले माग गर्नुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes