प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता - Pahilo Online

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले एक नम्बर प्रदेशलाई दूध, फलफूल र मासुमा आत्मनिर्भर बनाउने बताउनुभएको छ ।

मंगलबार विराटनगरमा रहेको दूग्ध विकास संस्थानको वितरण केन्द्र निरीक्षण गर्दै मन्त्री आङ्बोले कृषकले उत्पादन गरेको दूध संकलनलाई व्यवस्थित गरी प्रदेशलाई दूधसँगै फलफूल र मासुमा समेत आत्मनिर्भर बनाउनेगरी सरकारले योजना बनाउने बताउनुभएको हो ।

लामो राजनीतिक संक्रमण र अस्थिरताले संस्थान संकटमा रहेको भन्दै मन्त्री आङबोले अब सरकारले यसको अवस्था सुधार गर्न काम गर्ने बताउनुभयो । दूधसँगै हरेक कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकारले आगामी बजेट तथा नीति र कार्यक्रममा विषेश योजना ल्याउने उहाँले जानकारी दिनुभयो ।

प्रदेशमा अधिकाश जनता कृषि पेशामा आवद्ध रहेकोले कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक कृषिमा जोड दिने मन्त्री आङ्बोले बताउनुभयो । सो अवसरमा प्रदेश सांसद कुसुम श्रेष्ठले १ नम्बर प्रदेश कृषिमा उर्बरभूमि भएकाले हुनाले प्रदेश सरकाले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

संस्थानका टेक्निकल अफिसर दामोदर ढकालले किसानलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले ल्याउनुपर्ने सुझाब दिनुभयो । उहाँले कृषि पेशालाई आत्मनिर्भर बनाउन पूर्वाधारमा लगानी गर्नुपर्ने पनि बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes