श्रमजीवीको पक्षमा लड्छौंः आचार्य - Pahilo Online

श्रमजीवीको पक्षमा लड्छौंः आचार्य

writer

पहिलो अनलाइन

विराटनगर । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको हितमा लड्न महासंघ तयार रहेको बताउनु भएको छ ।

विराटनगरमा मंगलबार श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा आचार्यले पत्रकार महासंघमा उचित श्रम पाइएन भन्ने गुनासो आएको खण्डमा आफूहरु जस्तोसुकै लडाइ लड्न तयार भएको बताउनुभएको हो ।

श्रमजीवीको हित, स्वतन्त्र पत्रकारिताको रक्षाका लागि महासंघ सँधै तयार हुने आचार्यको भनाइ थियो । पत्रकारहरुले पनि आफ्नो दक्षता अभिबृद्धि गर्नुपर्ने र न्युनतम पारिश्रमिक नदिने मिडिया सञ्चालकको विरुद्ध आवाज उठाउन सक्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले अबको पत्रकारिता मिसन नभएर व्यवासयिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा राजनीतिक अधिकारका लागि मिसन पत्रकारिता गरिएको भएपनि अब त्यो अध्याय समाप्त भएको बताउनुभयो । उहाँले न्युतम् पारिश्रमिक लागू भएमात्र पत्रकारिता पनि सभ्य र मर्यादित हुने जिकिर गर्नुभयो ।

पारिश्रमिक निर्धारण समितिका सदस्य विवेक गौतमले डकुमेन्टमा सबै सञ्चार माध्यामले न्युनतम पारिश्रमिक दिएको देखिने भएपनि व्यवहारमा त्यस्तो नभएको बताउनुभयो । मन्त्रालयमा रिपोर्ट बुझाउँदा, पत्रकार महासंघको सदस्यता लिँदा र सूचना विभागको पास लिने बेलामा पनि न्युनतम पारिश्रमिक लिएको नक्कली प्रमाण पत्रकारले लिने गरेकोले ऐन कार्यान्वयनमा समस्या देखिएको उहाँले बताउनुभयो ।

राजधानी बाहिर बसेर काम गर्ने पत्रकारहरुलाई अहिले पनि गाह्रो अवस्था रहेको अग्रज पत्रकार मोहन भण्डारीले औल्याउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले ऐन कार्यान्वयन नगर्ने सञ्चार माध्यमलाई कसैले पनि मायाँ गर्नु नहुने बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरु महेन्द्र विष्ट, लिलाबल्लभ अधिकारी, श्यामसुन्दर सुतियारलगायतले न्युनतम् पारिश्रमिक कागजमा मात्र सिमित भएको धारणा राखेका थिए । उनीहरुले पत्रकारको समस्याको विषयमा अहिले पनि राज्य गम्भीर नभएको गुनासो गरेका थिए । देश संघीय संरचनामा गइसकेको अवस्थामा पत्रकार महासंघ र राज्यका नियकाहरु पनि सोही अनुरुप हुनुपर्नेमा सहभागीले जोड दिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes