न्यायाधिवक्ता आचार्यद्वारा सपथ ग्रहण - Pahilo Online

न्यायाधिवक्ता आचार्यद्वारा सपथ ग्रहण

writer

पहिलो अनलाइन

विराटनगर । एक नम्बर प्रदेश सरकारको प्रमुख न्यायाधिवक्ता चयन हुनुभएका विराटनगरका बरिष्ठ अधिवक्ता चुडामणी आचार्यले सोमबार पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

एक नम्बर प्रदेश प्रमुखको कार्यालयले सोमबार आयोजना गरेको एक समारोहमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधिस कुलरत्न भुर्तेलले न्यायाधिवक्ता आचार्यलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो ।

आचार्यले नेपाली जनताको नाममा शपथ लिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले संविधानको धारा १६० को उपधारा २ बमोजिम फागुन २४ गते आचार्यलाई प्रमुख न्यायाधिवक्ता चयन गर्न प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गर्नुभएको थियो ।

सोहि बमोजिम प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले आचार्यलाई न्यायाधिवक्तामा नियुक्ती गर्नुभएको थियो । प्रमुख न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हो । २०४६ सालबाट वकालत सुरु गर्नुभएका आचार्य नेपाल बार एशोसिएन मोरङका अध्यक्ष र केन्द्रीय उपाध्यक्षसमेत भइसक्नु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes