याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो) - Pahilo Online

याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ मा एक सय बढी किलो खोर्सानीको आहुती दिँदै खोर्सानी होम सकिएको छ ।

बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगतका वर्ष जस्तै यसवर्ष पनि चर्चित खोर्सानी होम सम्पन्न भएको छ । सो ठाउँमा रहेको याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाले विगत १३ वर्षदेखि खोर्सानीबाट हवन गर्दै आउनु भएको छ ।

चैते दशैं अवधिभर विभिन्न धार्मिक अनुष्ठानको आयोजना गर्दै समापनका दिन खोर्सानी हवन गर्ने गरिन्छ । दनदनी बलेको कुण्डमा सयौं किलो खोर्सानीबाट हवन गर्दा समेत खार नआउने विशेषता भएका कारण नेपालसहित भारतका विभिन्न क्षेत्रका श्रद्धालु हवनबाट धार्मिक लाभ लिन त्यहाँ पुग्ने गरेका छन् ।

यसपटक समेत सो ठाउँमा एकसय किलो बढी खोर्सानीबाट हवन गरिएको छ । सयौं किलो खोर्सानीबाट हवन गरिरहँदा हवन कुण्डको आसपास उभिएर प्रत्यक्ष हवन हेरिरहेको कसैलाई पनि खोर्सानी डढाउँदा उत्पन्न हुने खारको अनुभूति भएन । यसवर्ष १३ औं पटकको हवन कमला साधना महायज्ञकोरूपमा आयोजना गरिएको हो ।

यसपटक राष्ट्र शान्ति र समृद्धिको कामनासहित महायज्ञ र हवनको आयोजना गरिएको साधक गोपालप्रसाद कोइरालाले बताउनुभयो । खोर्सानी डढाउँदासमेत खार नआउने र मन्दिरमा गरेको भाकल पुरा हुने विश्वास बढेपछि वार्षिक रूपमा आयोजना हुने सो अनुष्ठान हेर्न भारतबाट उल्लेख्य संख्यामा धार्मिक पर्यटन आउने गरेका छन् ।

नयाँ दिल्लीका निरज पाण्डेले केहि वर्षयता आफू निरन्तर सो ठाउँ आउने गरेको बताउनुभयो । यसपटकको हवन अवलोकन गर्न विराटनगर महानगरपालिकाकी कार्यबाहक प्रमुख इन्दिरा कार्की नेपाली कांग्रेसका नेता भक्तिनाथ माझी, सुरक्षा निकायका प्रमुखसहित भारत र काठमाडौंबाट सयौं श्रद्धालुको उपस्थिति थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes