विराटनगर जुटमिल्सबारे मुख्यमन्त्रीको चासो - Pahilo Online

विराटनगर जुटमिल्सबारे मुख्यमन्त्रीको चासो

विराटनगर जुट मिल्स पुनः चलाउने प्रबन्धक निलहरि काफ्लेको भनाइ

writer

विराटनगर । बन्द अवस्थामा रहेको जुटमिल्स संचालनका लागि प्रदेश सरकारले चासो देखाएको छ ।

जुटमिलका सम्पत्ती, शेयर समस्या लगायतका अनेकौ समस्याबाट जकडिएको देशकै जेठो उद्योग विराटनगर जुटमिलप्रति प्रदेश सरकारले चासो देखाएको हो । सरकारले जुटमिलका समस्याका विषयमा अध्ययन गर्ने तयारी सुरु गरेको प्रदेशका मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले आफूले जुटमिलको विषयमा चासो दिइरहेको बताउनुभयो । ‘जुटमिलभित्रका समस्याका विषयमा अध्ययन गरिने र यसबारे छिट्टै निर्णय लिइने छ,’ राईले भन्नुभयो ।

जुटमिल्स बचाउन मुख्यमन्त्रीलाई ज्ञापन

विराटनगर जुटमिल बचाउन माग गर्दै जुटमिल्स बचाउ अभियान समितिले १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

जुट मिल्स संचालक समितिले विभिन्न नाममा जुटमिलको सम्पत्तीको दोहन गरिरहेको भन्दै जुटमिल बचाउन प्रदेश सरकारलाई बचाउ अभियान समितिले आग्रह गरेको हो । जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द संजेलले जुटमिलमा रहेको सरकारी शेयरमा घोटला गरेको र अरबौंकोे सम्पत्ती खाने गरी गैरकानूनी क्रियाकलाप गरेको बताउनु भयो ।

जुटमिल्स फेरि चल्ने दाबी

यसैबीच विराटनगर जुट मिल्सका प्रबन्धक निलहरि काफ्लेले समस्या समाधान गरेर पुनः जुटमिल्स चलाउने बताउनु भएको छ । काफ्लेले आफूहरु समस्या समाधानका लागि लागिरहेको बताउनु भयो । ‘मिल्स १ सय प्रतिशत चल्छ,’ काफ्लेले भन्नुभयो, ‘हामीले कुनै गल्ती गरेका छैनौं, मिल चलाउने हाम्रो प्रयास जारी छ, आर्थिक व्यवस्थापन हुनासाथ मिल चल्छ ।’ काफ्लेले शेयर विवादको टुंगो २/४ दिनभित्र लागिसक्ने बताउनु भयो ।

जुटमिलको शेयर विवाद चर्चामा रहेको छ । जुटमिलका अध्यक्ष बसन्त वन र कार्यकारि निर्देशक निलहरि काफ्लेको कार्यकालमा गत मंसिरदेखि साढे ३ महिनासम्म जुटमिल चलेको थियो । अहिले भने जुटमिल बन्द अवस्थामा छ । मिल संचालनका लागि भनेर ल्याइएको ८६ टन पटुवा मिल बन्द भएपछि अहिले लथालिंग अवस्थामा छ । ८६ टन पटुवाको मूल्य ४० लाखभन्दा बढी पर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes