विराटनगर । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नयाँ बर्षदेखि लोडसेडिङ पूर्ण रुपमा अन्त्य गर्ने तयारी गरेको बताउनु भएको छ । विद्युत् प्राधिकरणका अधिकारी सहित नेपालको एकमात्र भारप्रेशण केन्द्रको भ्रमणपछि तथा मन्त्री पुनले आगामी बैशाखबाट औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ हटाउने बताउनु भयो ।
यस विषयमा मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत भारप्रशेण केन्द्रका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । उनिहरुको रिपोर्ट र भारप्रेशण केन्द्रको प्राविधिक जानकारी लिएपनि मन्त्री पुनले यस्तो लक्ष तय गरेको बताउनु भयो ।
विद्युत् प्राधिकरणले अहिले औद्योगिक क्षेत्रमा केही समय लोडसेडिङ गरेपनि आम उपभोक्ताका लागि २४ घण्टा विजुली दिईरहेको छ । प्राविधिक रुपमा समस्या आएका कारण कहिलेकाँही केही स्थानमा विजुली गएको निर्देशक घिसिङले बताउनु भयो ।