सप्तकोशीमा पानी जहाज - Pahilo Online

सप्तकोशीमा पानी जहाज

मिनी पानी जहाज आइतबार सप्तकोशी नदीमा परीक्षण

writer

पहिलो अनलाइन

विराटनगर । सप्तकोशी नदीमा करिव तीन करोड लागतमा मिनी पानी जहाज (जेट बोर्ड) ल्याएको छ ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.ले सुनसरीको बराह नगरपालिका – १ चतराको सप्तकोशी नदीमा सञ्चालन गर्न मिनी पानी जहाज ल्याएका हुन् ।

यूवा पर्यटन व्यवसायीहरु आवद्ध रहेका प्रालिले मिनी पानी जहाज आइतबार सप्तकोशी नदीमा परीक्षण समेत गरेको छ । ‘परीक्षणपछि तत्काल सञ्चालन गर्ने तयारी थियो,’ बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.का अध्यक्ष सन्तोष भण्डारीले भन्नुभयो, ‘केही प्राविधिक समस्या देखिएकोले एक सातापछि सञ्चालन गर्नेछौं । प्राविधिक टोलीले परीक्षण गरेपछि पूर्ण रूपमा एक सातापछि सञ्चालनमा आउनेछ ।’

साढे तीन टनको क्षमता रहेको मिनी पानी जहाजमा एक पटकमा २५ जना यात्रुले यात्रा गर्न मिल्ने र ५ जना चालक दलका सदस्य रहने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । चतराको सप्तकोशी नदीबाट धनकुटाको सिम्मलेसम्म मिनी पानी जहाज जानेछ । प्रतिव्यक्ति ४ सय रुपैयाँमा उक्त स्थानमा १५ मिनेटमा पुग्ने भण्डारीको भनाइ छ । ‘पर्यटन क्षेत्रको विकास गर्नुको साथै जलयात्रा सेवा प्रदान गर्न मिनी पानी जहाज ल्याएका हौं,’ सञ्चालक पशुराम राईले भन्नुभयो, ‘लामो समयको अध्ययन र अनुसन्धानपछि यस क्षेत्रमा मिनी पानी जहाज सञ्चालन गर्ने तयारी गरेका छौं ।

यसबाट पहाडी क्षेत्रका स्थानियले समेत लभान्बित हुनेछन् ।’ अत्याधुनिक उपकरणहरु जडान गरिएको मिनी पानी जहाजमा जर्मनको स्टायर मोर्डसको इन्जिन, फिन्ल्याण्डको (जेट) पानी फाल्ने पङ्खा रहेको छ । मिनी पानी जहाजको परीक्षणमा आएका बराह नगरपालिका प्रमुख निलम खनालले पर्यटन क्षेत्रको विकास र प्रवद्धर्नमा यस्तो मिनी पानी जहाजले टेवा पुग्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘जल यातायातको माध्यमबाट स्थानीयस्तरमा आवत–जावतमा सहज हुनेछ ।’

मिनी पानी जहाज सञ्चालनमा आएपछि भोजपुरको हतुवागडी गाउँपालिका, आमचौक, धनकुटा छिन्ताङ, खोकु र उदयपुरको चौदन्डी नगरपालिका तथा विभिन्न नगरपालिका र गाउँपालिका स्थानीयलाई जलयातायातको माध्यमबाट आवत–जावतमा सहज हुने प्रालिका अध्यक्ष भण्डारीले बताउनु भयो । उहाँका अनुसार जलयातायत सञ्चालनको लागि बरहा नगरपालिकाको स्वीकृतसमेत दिएको जानकारी दिनुभयो ।

तस्बिर : मिलन बुढाथोकीको फेसबुकबाट

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes