नीजि क्षेत्रको लगानी आवश्यक : अर्थमन्त्री - Pahilo Online

नीजि क्षेत्रको लगानी आवश्यक : अर्थमन्त्री

writer

पहिलो अनलाइन

विराटनगर । संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नीजि लगानीकर्ताको सहयोग र भूमिकामा नै राष्ट्र समृद्ध हुने बताउनु भएको छ ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारले १४ खर्बको लगानी सुनिश्चित गर्न खोजेको बताउनु भएको हो । त्यसमध्ये ७० प्रतिशत लगानी निजी क्षेत्रकै चाहिने भएको कारण लगानीमैत्री वातावरण बनाउनका लागि आफूहरु प्रतिबद्ध रहेको खतिवडाको भनाइ थियो ।

उहाँले औद्योगिक पूर्वाधारको विकासका लागि सरकार जग्गाको व्यवस्थापन गर्न लाग्ने बताउनु भयो । खतिवडाले लगानीकर्ता र बैंकहरुले जबर्जस्ती जग्गा प्लटिङमा लगानी गर्दा अहिले समस्या निम्तिएको पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै उद्योगी तथा व्यापारीहरुले शेयरमार्केट खस्केको, भारतीय नोट सहज उपलब्ध नहुँदा समस्या सिर्जना भएको, चीनी आयातमा समस्या भएको लगायतका कुरा राखेका थिए । कार्यक्रममा अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले चिनीको विषय नेपाली किसान र नेपाली उद्योगीलाई बचाउन खोज्दा केही समस्या आएजस्तो देखिएको बताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागीता थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes