शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री - Pahilo Online

शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री

मोरङको कटहरी गाउँपालिका वार्ड नम्वर २ मा पशुपति शिक्षा प्रचार समितिद्वारा निर्माण गरिएको पशुपति शिक्षा मन्दीरको नव निर्मित भवनको उद्घाट

writer

पहिलो अनलाइन

विराटगनर  । प्रदेश नम्वर १ का मूख्यमन्त्री शेरधन राईले संघीयतालाई बलियो बनाउने शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कानून निर्माण गर्ने बताउनुभएको छ । प्रदेश नम्वर १ देशकै नमुना बनाउन शिक्षा क्षेत्रमा सबैको पहुँच बनाउने तर्फ आफुहरु क्रियाशिल रहेको उहाँले बताउनुभएको हो ।

प्रदेश सरकारले यहाँको मौलिकता र आवश्यकता पहिचान गरेर शिक्षा नीति र त्यस अनुरुपको पाठ्यक्रम तयार गर्ने मुख्यमन्त्री राईले बताउनुभयो । मोरङको कटहरी गाउँपालिका वार्ड नम्वर २ मा पशुपति शिक्षा प्रचार समितिद्वारा निर्माण गरिएको पशुपति शिक्षा मन्दीरको नव निर्मित भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले प्राविधिक शिक्षालाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।

नयाँ र समृद नेपाल निर्माण गर्नकालागि नयाँ ढंगबाट शिक्षा प्रदान गर्ने र स्वास्थ्य सेवामा सबैको पहुँच वृद्धि गर्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो ‘देशलाई बलीयो बनाउने, स्वतन्त्र मुलुकको अस्तित्व रक्षा गर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र देशको विविधताको रक्षा गर्ने शिक्षा आजको अवश्यकता हो ।’

कार्यक्रममा नेपालकालागि भारतीय राजदुत मंजीव सिंह पुरीले शिक्षाले विकासको मार्ग प्रसस्त गर्ने बताउनुभयो । उहाँले कटहरीमा निर्माण गरिएको विद्यालय भवन केवल भवन मात्र नभएर सबैभन्दा उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षालय हुने दावी पनि गर्नुभयो ।

उहाँले प्रदेश नम्वर १ लाई भारतले अत्यन्तै महत्वका साथ हेरेको भन्दै भारतको तीन वटा राज्यसँग जोडिएको यो प्रदेशको विकासले भारतलाई पनि प्रभावित पार्ने स्पष्ट गर्नुभयो । उहाँले प्रदेश सरकारलाई भारतको पूर्ण समर्थन रहेको यस क्षेत्रको विकाससंग भारतको स्वार्थ जोडिएको उल्लेख गर्नुभयो ।

विराटनगरका उद्योगी व्यवसायि तथा समाजसेवीहरुको पहलमाा ३ कठ्ठा १५ धुर जमिन खरिद गरेर २ करोड ५० लाखको लगानीमा सुविधासम्पन्न भवन निर्माण गरिएको छ । सो भवनको प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो । कुल १२ हजार वर्ग फिट क्षेत्रफल रहेको दुई तले भवनको माथिल्लो तलामा ८ वटा कक्षा, कोठा छात्र र छात्राको छुट्टाछुट्टै शौचालय, सभाहल रहेको छ भने तल्लो तलामा ६ वटा कक्षा कोठा, शौचालय र विद्यालय प्रशासनकालागि कोठाहरुको प्रवन्ध गरिएको छ ।

विराटनगरका समाजसेवी दिनवन्धु गोयलको अध्यक्षतामा निर्माण भएको विद्यालय भवन आइतवार नै विद्यालयका प्राचार्यलाई हस्तान्तरण गरियो । तीन वर्ष अघि जगदिशप्रसाद अग्रवाल र देवकिशन मुन्दडाले शिलान्यास गर्नुभएको भवन सयौं समाजसेवीहरुको सहयोगमा निर्मण भएको जानकारी दिएएको छ । पशुपति शिक्षा प्रचार समितिले देशभर ३४ वटा विद्यालय संचालन गरिरहेको छ भने ८ वटाको मात्र आफ्नै भवन रहेको जानकारी गराएको थियो । विद्यालयमा कक्षा ७ सम्म अध्ययन हुँदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes