पेट्रोल किन्न नगरपालिकाको सिफारिस चाहिने - Pahilo Online

पेट्रोल किन्न नगरपालिकाको सिफारिस चाहिने

तस्करी रोक्न नगरपालिकाको यस्तो नियम

writer

पहिलो अनलाइन

नगरपालिकाका प्रमुख रविन राई

रंगेली । तस्करी रोक्न भन्दै मोरङको रतुवामाई नगरपालिकाले पेट्रोलियम पदार्थ खरिद गर्न नगरपालिकाको सिफारिस अनिवार्य गरेपछि सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।

नगरपालिकाका प्रमुख रविन राईले नेपालबाट भारतर्फ पेट्रोलियम पदार्थ तस्करी भएको भन्दै रतुवामाई नगरपालिकामा भएका ४ पम्पहरूलाई नगरपालिकाको सिफारिसका आधारमा मात्र पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न उर्दी जारी गरेका छन् ।

नगरपालिकाको यस्तो व्यवस्थासँगै स्थानीयहरूले सास्ती भोग्नु परेको छ । नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी भएको कारण तस्करी बढेकोले यस्तो व्यवस्था लागू गरेको नगर प्रमुख राईको जिकिर छ । नेपालका पम्पहरूले तेल तस्करी गरेर भारत पु¥याएको पाएपछि कडाइ गरेको नगर प्रमुख राईको भनाइ छ ।

पम्पमा आएको अधिकांश इन्धन भारत तस्करी हुँदा स्थानीयले पेट्रोलियम पदार्थ नपाउने अवस्था बनेपछि कडाई गरिएको राईले बताउनुभयो । चैत महिनामा किसानले चैतेधान खेती गर्न डिजल नपाएपछि कडाइ गरेको उहाँले बताउनुभयो ।

नगर प्रमुख राईले सिजुवा स्थित केपीसी सप्लायर्सले अधिकांश इन्धन तस्करी गरेको भन्दै सप्लायर्समा पठाउने इन्धन कटौती गर्न नेपाल आयल निगम क्षेत्रीय डिपा विराटनगरमा पत्राचारसमेत गरेका छन् । नगरप्रमुखको पत्रपछि निगमले सो पम्पमा पठाउने तेल कटौती गरेको छ । यसअघि दैनिक ८ हजार लिटर डिजल निगमले सो पम्पमा पठाउने गरेकोमा अब ४ हजार लिटर मात्र पठाउने र अनुगमनपछि थप निर्णय लिने निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिनुभयो ।

केपीसी सप्लायर्सका सञ्चालक हितेन्द्रकुमार अग्रवालले नगरप्रमुखको आरोप गलत रहेको बताउनुभएको छ । आपूmहरुको कुनै गल्ती नभएको बताउँदै उहाँले फसाउने प्रयास भएको गुनासो गर्नुभयो ।

नगरप्रमुख राईले साँझ पेट्रोलपम्पहरूमा ट्याङ्करबाट झारिएको इन्धन विहान नपाउने अवस्था बनेपछि सिफारिस अनिवार्य गरिएको बताउनुभयो । उहाँले सिफारिसबारे गलत बुझाई र प्रचार भएको पनि बताउनुभएको छ । नगरपालिकाकाले सवारी साधनमा तेल हाल्न सिफारिस लिनुपर्ने बाध्यात्मक व्यवस्था नगरेको तर ड्रममा तेल हाल्नेहरूले भने आफ्नो वडाको सिफारिस लिएर तेल खरिद गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

किसानहरूले तेल नपाएको गुनसो गरेका कारण यो नियम लागु गरिएको राईको भनाइ छ । किसानको बहाना गरेर तस्करहरूले मनपरी गरेकोले किसानले इन्धन नपाएपछि वडा कार्यालयको सिफारिसमा मात्र इन्धन बिक्री गर्न भनिएको उहाँले बताउनुभयो ।

नगरमा रहेका पेट्रोलपम्पहरूले दैनिक २० हजार लिटरभन्दा बढी इन्धन बिक्री गर्ने गरेको भएपनि किसानले नपाएको नगरपालिकाले जनाएको छ । तर, नगरपालिकाको खपत क्षमता भने त्योभन्दा कम भएको बताइएको छ ।

नगरपालिकाको नयाँ नियमपछि पेट्रोल सञ्चालकहरू पनि आक्रोशित छन् । भारततर्फ इन्धन तस्करी गर्दै आएका पम्प सञ्चालकहरूले त नगरपालिकाको निर्णय विरूद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । नगरपालिकाले कडाई गरेपछि दैनिक ४÷५ सय लिटर मात्र इन्धन बिक्री भएको उनीहरूको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes