वडा सदस्यमाथि उपमेयर जाईलागेपछि (भिडियोसहित) - Pahilo Online

वडा सदस्यमाथि उपमेयर जाईलागेपछि (भिडियोसहित)

writer

पहिलो अनलाइन

इटहरी । सुनसरीको दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहालले नगरपालिकाकै ५ नं. वडा सदस्य कृष्ण योञ्जनमाथि कुटपिट गरेकी छन् ।

दुहवी– ५ स्थिते सरस्वती माध्यामिक विद्यालयको मैदानमा उपभोक्ता समितिमार्फत भरिएको भरौटको भुक्तानी विवादमा उपमेयरले वडासदस्यमाथि शुक्रबार हातपात गरेकी हुन् ।

भुक्तानी लिनका लागि वडा अध्यक्ष रमेश रौनियार नेतृत्वको टोलीले उपमेयर सुनितालाई सदर गर्न दबाब दिएको थियो । वडाअध्यक्ष रौनियारसहितले उपमेयर दाहाललाई अनुगमन नै नगरी फाइल सदर गर्न दबाब दिँदै आएकोमा अनुगमन नगरी सदर गर्दिनँ भनेपछि गालीगलौज गरेपछि विवाद चर्किएर घटना भएको दाहालको भनाइ छ ।

स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिको संयोजकसमेत रहेकी उपमेयर हातपातमा उत्रिएपछि नगरपालिकाम जम्मा भएका सर्वसाधारणहरु चकित बनेका थिए । खेल मैदान निर्माण सकिएकोले अनुगमन गरी बजेट निकासा गरिदिन माग गर्दा उपमेयरले अभद्र रुपमा पेश हुँदै कुटपिटमा उत्रिएको वडा सदस्य योञ्जनको भनाइ छ ।

उपमेयर दाहालले आफनो श्रीमान सुनिल साहसमेतको सहयोगमा आपूmमाथि कुटपिट गरेको वडा सदस्यको भनाइ छ । ‘काम भइसकेकोले चाडो रकम निकाशाका लागि आग्रह गरेको थिए’ वडा सदस्य योञ्जनले भने,‘ उपमेयरले रौद्ररुप देखाउँदै कार्यकक्षबाट ‘गेट आउट’भन्दै बाहिर निकालिन र श्रीमानलाई बोलाएर कुटपिट गरिन् ।’

निर्माण सम्बन्धी फाइल उपमेयरले नियन्त्रणमा लिइ काम रोकेको वडा अध्यक्ष रौनियारले बताए । त्यसबारेमा कुरा बुझन नगरपालिका कार्यालय पुग्दा उपमेयरले तमासा देखाएको उनको भनाइ छ । घटनापछि सर्वसाधारणले जनप्रतिनिधिको व्यवहार देखेर लज्जित बनेको प्रतिक्रिया दिएका थिए ।

उपमेयर दाहालले भने निर्माणको कामको आफूले इञ्जिनियर लगेर अनुगमन गरेपछि मात्र फाइल सदर गर्ने अडान राख्दा वडा अध्यक्ष र सदस्यले गालीगलौज गरेको आरोप लगाएकी छन् । त्यही क्रममा विवाद बढेर घटना भएको उनको भनाइ छ ।

उपमेयरले हातपात गरेपछि चर्किएको विवादलाई छलफलपछि मिलाएको मेयर वेद गच्छदारले बताउका छन् । दुहवी नगरपालिकामा मेयर गच्छदार र उपमेयर दाहालबीच पछिल्लो समय खटपट रहेको बताइएको छ । उपमेयर दहाल वडाध्यक्ष र सदस्यलाई मेयरले नै आफूविरुद्ध उचालेको आरोप लगाएकी छन् ।

घटनापछि उपमेयरमाथि वडासदस्य र अध्यक्षहरु खनिएपछि प्रहरीले दाहाललाई नियन्त्रणमा लिएको थियो । उहाँलाई हामीले सुरक्षा दिने हिसाबले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

फाइलमा सही नगरी कमिसन खोजेको आरोप उपमेयरमाथि लागेको छ । स्थानियले प्रकृयागत झण्झट देखाएर नगरपालिकाका लेखा अधिकृत कैलाशकुमार चौहानले ५० हजार सम्म घुस मागेको आरोप लगाएका छन् । उप–मेयरले भने वडाअध्यक्ष र वडा सदस्यहरुले कमिसन खाएर हस्ताक्षर गर्न लगाएको भन्दै सो कार्य रोकेको बताइन् ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट स्थानीय तहमा निर्वाचित दुबै हाल नेपाली कांग्रेसमा आबद्ध छन् । विवाद गर्ने वडा नं. ५ का वडाध्यक्ष र सदस्य पनि कांग्रेसकै हुन् ।

 

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes