स्व.कोइरालाको सम्झनामा फोटो प्रदर्शनी (फोटो फिचर) - Pahilo Online

स्व.कोइरालाको सम्झनामा फोटो प्रदर्शनी (फोटो फिचर)

writer

विराटनगर । स्व.गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवसमा मंगलबार कोइराला निवासमा जिपी कोइराला फाउन्डेसनले फोटो प्रदर्शनीसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा मन्तव्य दिनेहरुले स्व. गिरिजाप्रसाद कोइराला शिखर पुरुष भएको बताए । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कोइराला निवासलाई रिसर्च सेन्टरको रुपमा विकास गर्न आफू तयार रहेको बताउनुभयो । नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको भूमिका अतुलनिय र महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले गिरिजाप्रसाद कोइरालाकै कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्नुभयो । उहाँले कोइरालाकै कारण नेपालको हिंसात्मक राजनीतिलाई सही दिशानिर्देश गरेको दाबी पनि गर्नुभयो ।

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष तथा गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले फाउन्डेसनको सुरक्षाका लागि प्रदेश सरकारले जिम्मा लिए हस्तान्तरण गर्न आफू तयार रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको राजनीतिक संघर्षको विभिन्न फोटोसमेत प्रदर्शनी गरिएको थियो ।

फोटो प्रदर्शनीको मुख्यमन्त्री राई, कानूनमन्त्री कार्की, नेता मिनेन्द्र रिजाललगायतले अवलोकन गर्नुभयो । कार्यक्रममा कांग्रेसका कार्यकर्ता तथा स्थानीयको पनि सहभागिता थियो ।

 प्रदर्शनीमा राखिएका केही फोटोहरु

मा प्रकाशित

1 thought on “स्व.कोइरालाको सम्झनामा फोटो प्रदर्शनी (फोटो फिचर)

  1. Ramro kaya .ihihasa jiudo rakhane prayasa.hami le hamro itihasa lai yasrinai samjhanu parchha.good.

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes