विराटनगरलाई राजधानी बनाउन कांग्रेसको दबाब - Pahilo Online

विराटनगरलाई राजधानी बनाउन कांग्रेसको दबाब

सहमतिमा राजधानी तोकिन्छः मुख्यमन्त्री राई

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले विराटनगरलाई स्थायी राजधानी तोक्न सरकारलाई दबाब दिएका छन् । मुख्यमन्त्री उपस्थित कार्यक्रममा कांग्रेसका नेताहरुले विराटनगरको ऐतिहासिक विरासत र जातीय सन्तुलनका कारण पनि विनाशर्त स्थायी राजधानी तोक्नुपर्नेमा जोड दिए ।

स्व.गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवसमा मंगलबार कोइराला निवासमा आयोजित कार्यक्रममा कांग्रेसका नेता तथा संघीय संसद सदस्य मिनेन्द्र रिजालले विनाशर्त विराटनगरलाई राजधानी तोक्नुपर्ने बताउनुभयो । ‘विराटनगर राजधानी हो भन्ने विषयमा पूर्व देखि पश्चितसम्मका मानिसको दिमागमा भइसकेको छ,’ रिजालले भन्नुभयो, ‘कृष्णप्रसाद कोइरालादेखि गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीदेखि मदन भण्डारीले समेत मानेको विराटनगरलाई राजधानी तोक्न आनाकानी नगरौं ।’

कांग्रेसका मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बूले प्रदेशको नामको विषयमा बहस भएपनि राजधानीको विषयमा बहस गर्नु नपर्ने बताउनुभयो । ‘विराटनगरलाई राजधानी बनाउन केले रोक्यो,’ लिम्बूले भन्नुभयो, ‘हरेक हिसावले विराटनगरनै राजधानीका लागि उपर्युक्त छ, यस विषयमा कुनै बहस नगरौं ।’

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले राजधानी र प्रदेशको नामको विषयमा समय लगाएर भएपनि उपर्युक्त ढंगले टुंगो लगाउने बताउनुभयो । ‘राजधानी र प्रदेशको नामको विषयमा सबै क्षेत्रका विज्ञहरुसँग छलफल गरेर, राजनीतिक पार्टीहरुको सहमतिमा टुंगो लगाइन्छ’, राईले भन्नुभयो, ‘अहिलेनै तत्कालै टुंगो लगाउने भन्दा पनि सचेततापूर्वक सहमतिमा गर्नु राम्रो हुन्छ ।’

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राजधानी र नामको विषयमा विभिन्न कोणबाट छलफल भइरहेको भन्दै संसदमा टाउको गनेर निर्णय लिने पक्षमा आफूहरु नभएको बताउनुभयो । ‘संसदमा दुईतिहाइ छ भन्दैमा हामीले सोही आधारमा निर्णय गर्दैनौं,’ कार्कीले भन्नुभयो, ‘कांग्रेसलगायतका अन्य दलहरुको सहमतिका आधारमा प्रदेशको नाम र राजधानीको टुंगो लाग्नेछ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes