प्रदेश कानुन बनाउन सुझाब समिति गठन - Pahilo Online

प्रदेश कानुन बनाउन सुझाब समिति गठन

आर्थिक कार्यविधि विधेयक संसदमा पठाउने सरकारको निर्णय

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश नम्बर १ को सरकारले प्रदेश सरकारले संविधानको अनुसुचीमा भएका अधिकार प्रयोगको लागि आवश्यक पर्ने कानुन निर्माण गर्नको लागि ‘प्रदेश कानुन मस्यौदा सुझाब समिति’ गठन गरेको छ ।

विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को चौथो बैठकले संविधानमा भएका अनुसुची अनुसारका कानुन निर्माणको लागि पूर्वससभासद सुनसरीका रेवतीरमण भण्डारीको संयोजत्वम ५ कानुन मस्यौदा सुझाब समिति गठन गरेको हो ।

प्रदेश सरकारका मन्त्रालयहरुले आफ्नो लागि आवश्यक पर्ने कानून आफै मस्यौदा गर्नुपर्ने भएपनि आवश्यक कर्मचारी र विषयगत ज्ञानको अभाबले छुट्टै समिति गठन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । समितिले प्रदेश सरकारको लागि आवश्यक पर्ने कानुनको बारेमा सुझाब दिनेछ ।

समितिमा प्रदेशका मुख्य न्यायधिवक्ता चुडामणी आचार्य, अधिवक्ताहरु जगत थापा र दोर्णराज दाहाल तथा सदस्य सचिबमा मुख्यमन्त्रीको कार्यालयका कानुन सचिब शेरजंग कार्की रहेका छन् । समितिको कार्यबिधि भने मन्त्रिपरिषदले तोकेबमोजिम हुनेछ ।

मन्त्रीपरिषदको बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयक मस्यौदालाई स्वीकृतिको प्रदेशसभा बैठकमा पठाउने निर्णयसमेत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको मस्यौदालाई बुधबारको प्रदेशसभा बैठकमा पेश गरिनेछ । प्रदेश सरकारले अहिलेसम्म अन्तिम रुप दिएको कानुनको मस्यौदा यही एक मात्र हो ।

बैठकले प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक २०७४ मस्यौदा गर्न  सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । यस्तै चैतको दास्रो साताभित्रमा ल्याउने भनिएको चालु वर्षको बजेटको लागि विनयोजन विधेयक २०७४ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको अत्यावसकीय काम, केही अल्पकालिन योजना र सुरक्षा निकायको मनोबल बढाउने कार्यक्रम समेटर बजेट ल्याउने निर्णय यसअघि नै गरेको थियो । चैत १५ गतेभित्र बजेट ल्याउने निर्णय यसअघिको मन्त्रिपरिषद बैठकले गरेको भएपनि केही दिन ढिलो हुनसक्ने बताइएको छ ।

सरकारका प्रवक्ता कार्कीले प्रदेश सञ्चालन गर्नको अत्यावश्यक २२ वटा कानुन भने यही चैत महिनाभित्र मस्यौदा गर्नेगरी काम भइरहेको जानकारी दिनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes