लगानीको वातावरण बनेको छः मुख्यमन्त्री राई - Pahilo Online

लगानीको वातावरण बनेको छः मुख्यमन्त्री राई

लगानीका क्षेत्रबारे प्रदेश सरकारलाई लगानी बोर्डको ब्रिफिङ

writer

विराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले तीन तहको निर्वाचनपछि मुलुकमा लगानीको वातावरण बनेको बताउनुभएको छ ।

लगानी बोर्डको आयोजनामा सोमबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले लगानीकर्तालाई स्वागत गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

एक नम्बर प्रदेशमा कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गर्ने धेरै क्षेत्रहरु रहेको बताउँदै मुख्यमन्त्री राईले राजनीतिक स्थिरताको कारण लगानीको लागि अनुकुल वातावरण बनेको दावी गर्नुभयो । ठूला तर नेपाली लगानीकर्ताले गर्न नसक्ने परियोजनाका लागि मात्र राज्यले बिदेशी लगानीकर्तालाई अवसर दिने उहाँको भनाइ छ ।

कार्यक्रममा ठूला र दिर्घकालिन महत्व राख्ने योजनामा काम गर्न लगानी बोर्डले प्रदेश सरकारलाई सुझाव दिएको छ । स्वदेशीसँगै विदेशी लगानी भित्र्याउन ठोस योजना र उचित वातावरण बनाउन प्रदेश सरकार गम्भीर भएर लाग्नुपर्नेमा लगानी बोर्डले जोड दिएको छ । लगानी बोर्डले प्रदेश सरकारलाई तमोर हाइड्रो पावर, अरुण बेसिसका अन्य साना हाइड्रो पावरहरु, औद्योगिक क्षेत्रको विकास, पाथीभरा केवलकार, विराटनगरदेखि सगरमाथा बेसक्याम्पसम्म फास्टट्राक सडक निर्माण, विराटनगर, इटहरी–धरान मोनोरेल लगायतका परियोजनाहरुमा सञ्चालन गर्न सुझाव दिएको छ ।

कार्यक्रममा लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले यस्ता परियोजनाहरु निर्माण गर्न सके प्रदेश आर्थिक रुपमा समृद्ध हुनसक्ने बताउनुभयो । स्वदेशीसँगै विदेशी लगानी भित्र्याएर लगानीकर्ताहरु सहज रुपमा काम गर्नसक्ने वातावरण बनाउन उहाँले प्रदेश सरकारलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कृषि, पर्यटन र जलविद्युत क्षेत्रको विकासका निम्ति प्रदेश सरकार पूर्वाधार निर्माणमा लागेको जानकारी दिनुभयो । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले प्रदेश नम्बर १ का समृद्धिको लागि आन्तरिक र बाह्य लगानी भित्र्याउन सरकारले काम गर्ने बताउनुभयो । प्रदेश सरकारको ध्यान विकास निर्माणमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले योजनावद्ध रुपमा प्रदेश सरकारले काम सुरु गरेको जानकारी दिनुभयो ।

प्रदेश उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र राउतले सिमेन्द उत्पादनमा आन्तरिक लगानी नै पर्याप्त रहेको बेला चिनिया लगानी भित्र्याउनु गलत भएको बताउनुभयो । उद्योगी तथा व्यवसायीहरुले स्वदेशी लगानीकर्ताले गर्न सक्ने क्षेत्रमा विदेशी लगानी भित्र्याउन नहुने बताएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes