विराटचोकमा एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर स्थापना - Pahilo Online

विराटचोकमा एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर स्थापना

writer

पहिलो अनलाइन

विराटचोक । एभरेष्ट बैंकले मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले काउन्टरको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै मेयर ढकालले काउन्टरलाई शाखाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा कोशीहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईं, पीएलओ ग्रुपका अध्यक्ष भोला दुलाल, बैंकका सीइओ सोमेश्वर सेठ लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

एभरेष्टले विराटचोकमा इटहरी शाखाको एक्सटेन्सन काउन्टर स्थापना गरेको हो । काउन्टरबाट ऋण प्रवाह बाकेकका सबै सेवा उपलब्ध हुने काउन्टर इञ्चार्ज पर्शुराम सुवेदीले जानकारी दिए । देशभर ८० वटा शाखा रहेको एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर भने विराटचोकसहित ७ वटा पुगेको छ ।

बैंकको देशभर १ सय १३ वटा एटीएम र २८ वटा राजश्व संकलन शाखा छन् । विराटचोकमा स्थापना गरिएको काउन्टरलाई चाँडै शाखाको रुपमा विकास गरिने इञ्चार्ज सुवेदीले जानकारी दिए । एभरेष्टको काउन्टर स्थापना भएसँगै विराटचोकमा कार्यलय स्थापना गरेर सेवा दिने बैंकको संख्या २८ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes