रातको समयमा विराट गोल्डकप प्रतियोगिता हुने - Pahilo Online

रातको समयमा विराट गोल्डकप प्रतियोगिता हुने

चैत १७ गतेदेखि २६ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिता ऐतिहासिक हुने

writer

पहिलो अनलाइन

विराटनगर । मोफसलकै सर्वाधिक राशी पुरस्कार राखेको विराट गोल्डकप रातीको समयमा पनि हुने भएको छ । यही चैत १७ गतेदेखि २६ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुने आयोजना विगतको जस्तै ऐतिहासिक हुने विराट गोल्डकप टुर्नामेन्टका अध्यक्ष नविन रिजालले जानकारी दिनुभयो ।

गोल्डकपका अध्यक्ष रिजालले आइतबार पत्रकार सम्मेलन गरी गोल्डकपमा नेपाल, भारत, भुटान र वंगलादेशका गरी १० टिमको सहभागीता रहने जानकारी दिनुभयो । खेलमा नेपालका मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस, नेपाल आर्मी, रमपम झापा–११, रिजालको मोरङ ११ सात वटा टोली हुने रिजालले जानकारी दिनुभयो । यस्तै भुटानको थिम्पु फुटबल क्लब, बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लब र भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लबमध्मे एक टोली प्रतियोगितामा सहभागी हुनेछन् ।

१ करोड खर्च हुने

प्रतियोगितामा प्रयोजक, सहप्रायोजक, प्रबद्र्धक, टिकट विक्रीलगायतबाट १ करोड ३ लाख आम्दानी हुने र खर्च १ करोड बराबरको हुने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेतालाई १२ लाख ७१ हजार, उपविजेतालाई ५ लाख ५१ हजारसहित कप प्रदान गरिनेछ ।

यस्तै प्रत्येक दिनको खेलमा म्यानअफ द म्याच हुने खेलाडीलाई १० हजार नगद र शिल्ड प्रदान गर्ने र म्यान अफ द टुर्नामेन्ट हुने खेलाडिलाई मोटरसाइकल र पदक प्रदान गर्ने रिजालले जानकारी दिनुभयो । यसबाहेक प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, गोलकर्ता, व्यवस्थापक र टिममध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार राशिको पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

विगत भन्दा व्यवस्थित रंगशाला

विराटनगरस्थित सहिद रंगशाला विगत भन्दा केही व्यवस्थित छ । तार जालीले घेरिएको छ । फुटबल मैदान पानी नजम्ने बनाइएको छ र मैदानलाई अझै व्यवस्थित गर्ने प्रयास अहिले पनि भइरहेकै छ । विगतमा हुने गरेको विराट गोल्डकप फुटबल टुर्नामेन्ट भन्दा यस पटकको प्रतियोगिता ऐतिहासिक र अझै भव्य हुने आयोजकको भनाइ छ ।

रातको समयमा पनि खेल्न मिल्ने गरी लाइटको व्यवस्थापन भइरहेको छ । आयोजकका अनुसार विद्यालय वा कर्मचारीहरुको पनि समयलाई मध्यनजर गर्दै रातको समयमा पनि फुटबल खेलाइन लागिएको हो । सहिद रंगशालामा नाइट गेम गराउनका लागि आवश्यक लाइट फिटिङको काम भइरहेको छ । लाइट व्यवस्थापन समिति संयोजक अमित राठीका अनुसार खेल मैदानमा ६ वटा टावर राखिने छ । प्रत्येक टावरबाट ६ किलोवाटका बल्बले प्रकाश फाल्नेछन् ।

स्तरीय टीम आउने

२०७२ सालपछि रोकिएको फुटबल टुर्नामेन्टमा स्तरीय खेलाडीको सहभागीता हुने बताउनु भयो । डे नाइट गेम गराउने चुनौतिपूर्ण अवस्थामा आयोजक रहेको भन्दै आयोजक संस्थाका उपाध्यक्ष सन्तोष बानियाँले स्तरीय फुटबल टोलीको प्रतिस्पर्धाले विराट गोल्डकपले अझै उचाइ लिने बताउनु भयो ।

गत २०७२ सालको फुटबल प्रतियोगिता पनि सफल भएको आयोजकको दाबी छ । आयोजकले सुरुका खेलका लागि १ सय ५० देखि २ सय, सेमिफाइनलका लागि २ सय देखि २ सय ५० र फाइनल खेलका लागि २ सय देखि ३ सय सम्मका टिकट विक्री गर्ने जनाएको छ ।

प्रतियोगितालाई व्यवस्थित गर्न आधा दर्जनबढी विभिन्न उपसमिति पनि निर्माण गरिएको छ । प्रदेश १ को राजधानी भएपछि पहिलो पटक गर्न लागेको विराट गोल्डकपलाई सोही अनुसार व्यवस्थापन गर्ने आयोजकको तयारी छ । २०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।

मा प्रकाशित

2 thoughts on “रातको समयमा विराट गोल्डकप प्रतियोगिता हुने

  1. राजधानी हाे नि,, १ नं प्रदेश मा हरेक कुराकाे ब्यबस्थापन हुन सक्ने ठाउँ बिराटनगर मात्र हाे है,,,अरु ठाउले सक्दैनन

  2. धेरै राम्रो ,,,, राजधानी हाे नि,, १ नं प्रदेश मा हरेक कुराकाे ब्यबस्थापन हुन सक्ने ठाउँ बिराटनगर मात्र हाे है,,,अरु ठाउले सक्दैनन

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes