सुनसरीमा भिषण आगलागी, ८२ घर जले - Pahilo Online

सुनसरीमा भिषण आगलागी, ८२ घर जले

writer

पहिलो अनलाइन

इटहरी । सुनसरीको बराह नगरपालिकामा शनिबार राति भएको आगलागीमा ८२ घर जलेका छन् । आगलागीमा ६० लाख रुपैयाँभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बराह नगरपालिका–११ इक्राहका पुरण चौधरीको घरबाट लागेको आगोले ८२ घर पूर्ण जलेको प्रहरीले जनाएको छ ।

राति ८ बजेतिर विद्युत सर्ट भइ आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन बिराटनगर, ईटहरी, धरान, ईनरुवा झुम्काबाट दमकल पुगेका थिए । ५ वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको बराह ११ का वडाध्यक्ष केदार विष्टले जानकारी दिनुभयाृ । आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् भने दुईवटा चौपाया जलेर मरेका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगो निभाउने क्रममा कोशी गाउँपालिका–३ बस्ने ४१ बर्षिय प्रभु सरदार घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले निकै ठूलो विपद् परेकाले नगरपालिकाले तत्काल आपत्कालीन राहतको पहल भइरहेको बताउनुभयो । आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपतकालीन सबै प्रकारका राहतको आवश्यकता रहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes