मन्त्रिपरिषद् विस्तारः ११ मन्त्री र ४ राज्यमन्त्री थपिए - Pahilo Online

मन्त्रिपरिषद् विस्तारः ११ मन्त्री र ४ राज्यमन्त्री थपिए

आन्तरिक विवादले फोरम आएन, राजपा सरकारमा आउने संभावना करिब अन्त्य

writer

पहिलो अनलाइन

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ‌ओलीले एमाले र माओवादी केन्द्रबाट ११ मन्त्री र ४ मन्त्री थपेर मन्त्रीपरिषदलाई २२ सदस्यीय बनाउनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । शुक्रबार एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रवीन्द्र अधिकारी पर्यटन, रघुविर महासेठ भौतिक पूर्वाधार, शेरबहादुर तामाङ कानुन र जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन ऊर्जा तथा जलस्रोत, शक्तिबहादुर बस्नेत वन, चक्रपाणि खनाल कृषि र बिना मगर खानेपानी तथा सरसफाइ मन्त्री बनेका छन् ।

नवनियुक्त राज्यमन्त्रीहरुलाई पनि शुक्रबार नै प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । राज्यमन्त्रीहरु एमालेबाट गोकुल बाँस्कोटा सञ्चार, पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या, धनबहादुर बुढा पर्यटन र  माओवादीबाट रामकुमारी चौधरी कृषि छन् ।

यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी पाएका लालबाबु पण्डितलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पण्डितले यसअघि पनि सामान्य प्रशासन मन्त्री हुँदा डिभी र पीआरधारी कर्मचारी विरुद्धक कानुन बनाएर चर्चामा आउनुभएको थियो ।

ओली सरकारमा यसअघि नै एमालेका इश्वर पोखरेल रक्षा, थममाया थापा महिला तथा बालबालिका र युवराज खतिवडा अर्थमन्त्री भइसकेका छन् । यस्तै माओवादीबाट रामबहादुर थापा गृह र मातृका यादव उद्योग तथा आपूर्ती मन्त्री बनिसकेका छन् ।

ओली नेतृत्वको सरकार २२ सदस्यीय भइसकेकोले अब संविधान अनुसार ३ जना मात्र मन्त्री थप गर्न मिल्छ । शुक्रबार संघीय समाजवादी फोरम २ मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तय भएकोमा आन्तरिक विवादको कारण ढिलाई भएको स्रोतले बताएको छ ।
फोरमबाट ३ जना मन्त्री बनेपछि संविधान अनुसार मन्त्रीपरिषदले पूर्णता पाउँनेछ । त्यो अवस्थामा राष्ट्रिय जनता पार्टी भने सरकारमा जाने संभावना कम देखिएको छ ।

यस्तो छ, ओली सरकारको कार्यविभाजन

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes