विद्यालयले व्यापार गर्ने हैनः मन्त्री घिमिरे - Pahilo Online

विद्यालयले व्यापार गर्ने हैनः मन्त्री घिमिरे

विद्यालयबाट विद्यार्थीलाई टाइ, जुत्ता, पुस्तक, कापी र पोसाक बेच्न रोक लगाउने तयारी

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी विद्यालयहरुले गरिरहेको व्यापारमाथि रोक लगाउने बताउनुभएको छ ।

निजी विद्यालयहरुले विद्यार्थीलाई जबरजस्ती टाइ, जुत्ता, पुस्तक, कापी र पोसाकसमेत बेच्ने गरेको गुनासो आएको भन्दै मन्त्री घिमिरेले अब त्यसमा रोक लगाउने बताउनुभएको हो ।

‘संस्थागत विद्यालयहरुले बढि मूल्य लिएर विद्यार्थीलाई पुस्तक, कापी, टाई, जुत्ता र पोसाक बेच्ने गरेको गुनासो आएको छ’ मन्त्री घिमिरेले भन्नुभयो, ‘विद्यालयभित्रबाट हुने यस्तो व्यापारलाई अब कडाईका साथ नियन्त्रण गरिन्छ ।’ विद्यालयले विद्यार्थीलाई पढाउन ध्यान दिनुपर्ने भन्दै उहाँले व्यापार गर्न नपाइने बताउनुभयो ।

हरेक शैक्षिक सत्रमा नयाँ प्रकाशन गृहको पाठ्यपुस्तक लागू गर्ने निजी विद्यालयको नीतिमाथि पनि रोक लगाउने मन्त्री घिमिरेले बताउनुभएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आयोजनामा शुक्रबार विराटनगरमा भएको छलफलमा मन्त्री घिमिरेले हरेक शैक्षिक सत्रमा नयाँ प्रकाशन गृहको पाठ्यपुस्तक लागू गर्दा अभिभाबकलाई भार परेको भन्दै त्यसमा कडाई गर्ने बताउनुभएको हो ।

मन्त्री घिमिरेले सबै बिद्यालयले कम्तिमा २ वर्ष एउटै प्रकाशन गृहको पुस्तक प्रयोग गर्नुपर्ने बताउनुभएको छ । त्यसो गर्दा विद्यार्थीलाई अध्ययनमा पनि सहज हुने र अभिभाबकको आर्थिक भार पनि कम हुने उहाँको भनाइ छ ।

निजी विद्यालयहरुले कमिसनको लोभमा हरेक वर्ष नयाँ प्रकाशन गृहको पाठ्यपुस्तक प्रयोगमा ल्याउने गरेका छन् । पुस्तक प्रकासनको अधिकार पाएका प्रकाशन गृहहरुले आफ्ना पुस्तक प्रयोग गरेमा कमिसन दिने भएकोले निजी विद्यालयले बढि कमिसनको लोभमा हरेक वर्ष नयाँ प्रकाशन गृहको पाठ्यपुस्तक विद्यार्थीमाथि थोपार्ने गरेका छन् । जसले गर्दा अघिल्लो वर्षको पुस्तक अर्को वर्ष कामै नलाग्ने हुने भएकोले कक्षा दोहो¥याउने विद्यार्थीहरु पनि मारमा पर्ने गरेका छन् ।

मन्त्री घिमिरेले विगत वर्षमा जस्तो नयाँ शैक्षिक शत्र सुरु भएको महिनौंसम्म विद्यार्थीहरुको हातमा पुस्तक नपुग्ने अवस्थाको पनि अन्त्य गर्ने बताउनुभएको छ । संस्थागत विद्यालयहरुले समयमै बुक लिष्ट तयार नगर्दा समस्या आउने भन्दै उहाँले शैक्षिक सत्र सुरु हुनु एक महिना अगावै बुक लिष्ट सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिने बताउनुभएको छ ।

कार्यक्रममा मोरङका सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीले पुस्तक छाप्दा प्रकाशन गृहले गुणस्तरमा पनि ख्याल गर्नुपर्ने बताउनुभयो । छलफलमा पुस्तक व्यवसायी, प्याब्सनका प्रतिनिधि र अभिभावकहरुको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes