पिएनजीमाथि नेपाल ६ विकेटले बिजयी - Pahilo Online

पिएनजीमाथि नेपाल ६ विकेटले बिजयी

एकदिवसीय मान्यताको सपना जीवित

writer

पहिलो अनलाइन

विराटनगर । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यताको सपना जीवित राखेको छ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको थियो । ११५ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । पपुवा न्युगिनीका लागि चार्लेस एमिनीले सर्वाधिक १९ रन बनाएका थिए भने त्यस्तै चाड सोपरले १०, सेसे बउले ११ र किप्लिन डोरीगाले १० रनको योगदान दिए ।

पपुवा न्युगिनीलाई सस्तैमा समेटन नेपालका सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ४–४ तथा सोमपाल कामी र करण केसीले १–१ विकेट लिए । योसँगै समूह चरणको प्रत्येक खेलमा विकेट लिन सफल सन्दीपले आजको खेलमा ४ विकेट लिदै आफ्नो विकेट संख्या ११ पुर्याएका छन् ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ५८ बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै आरिफ शेखले ४२ बलमा १ चौकाको मद्दतमा २६ रन बनाए ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल १ र अनिलकुमार शाह ९ रनमा बनाएर आउट भएका थिए । त्यस्तै कप्तान पारस खड्काले २० रनको योगदान दिए ।

नेपालले पिएजीलाई पराजित गरेसँगै डिभिजन २ मा घटुवाको संकटसमेत पार गरेको छ । कमजोर रनरेटका कारण सुपर सिक्समा स्थान बनाउन नसके पनि नेपालले सोमबार हङकङलाई हराएसँगै आगामी ४ वर्षका लागि एकदिवसीय मान्यता पाउने ढोका खुला राखेको थियो । नेपाल समूह ‘बी’को चौथो स्थानमा बस्दै समूह ‘ए’ को अन्तिम स्थानको टोली पिएनजीसँगको भेट पक्का गरेको थियो ।

अर्को प्लेअफमा समूह बीको अन्तिम टोली हङकङलाई नेदरल्यान्ड्सले जितका लागि १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेदरल्यान्ड्सबाहेक प्रतियोगिताका शीर्ष तीन एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन् । तीनमध्ये दुई एसोसिएट स्कटल्यान्ड र युनाइटेड अरब इमिरेट्स युएईले एकदिवसीय मान्यता पाइसकेका छन। बाँकी एक स्थानमा नेपाल, हङकङ र पिएनजीमध्ये एकले एकदिवसीय मान्यता पाउनेछ ।

अब नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेको खण्डमा नेपालले सातौं स्थानका लागि हुने प्लेअफअघि नै एकदिवसीय मान्यता पाउनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes