मोरङकी नेतृ तुम्बाहाम्फे उपसभामुख बन्ने निश्चित - Pahilo Online

मोरङकी नेतृ तुम्बाहाम्फे उपसभामुख बन्ने निश्चित

writer

पहिलो अनलाइन

विराटनगर । मोरङबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बन्नुभएकी डा. शिवमायाँ तुम्बाहाम्फे उपसभामुख बन्नुहुने भएको छ । नेकपा एमालेका समानुपातिक सांसद सम्बाहाम्फेले बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदको लागि बिहीबार उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यसअघि समामुखमा उम्मेदवारी नदिएको नेपाली काँग्रेसले उपसभामुखमा उम्मेदवारी दिएपनि संसदमा बाम गठबन्धनको पक्षमा दुईतिहाई मत रहेकोले तुम्बाहाम्फे शुक्रबार संसद बैठकबाट भारी मतसहित उपसभामुख निर्वाचित हुने निश्चित छ । काँग्रेसले उपसभामुख र सभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्राबधान रहेको भन्दै पुष्पा भुसाललाई उम्मेदवार बनाएको छ ।

बाम गठबन्धनले पार्टी एकता भइनसकेको भन्दै उपसभामुख छाड्ने अस्वीकार गर्दै उपसभामुखमा तुम्बाहाम्फेलाई उम्मेदवार बनाएको हो । दुई पार्टीको एकता भइसकेपछि एउटै दलको सभामुख र उपसभामुख हुने हुँदा त्यसबेला के गर्ने भन्ने अन्यौल छ । सभामुखमा माओगवादी केन्द्रका नेता कृष्णबहादुर महरा यसअघि नै निर्बिरोध निर्वाचित भइसक्नुभएको छ । यसअघि संघीय समाजवादी फोरमले उपसभामुखको दावी गर्दै आएको थियो ।

को हुन् तुम्बाहाम्फे ?
विद्यार्थी जीवनदेखि नै अनेरास्ववियुबाट राजनीति थालेकी तुम्बाहाम्फे रामनाथ ढकाल अनेरास्ववियुको अध्यक्ष रहेको बेला केन्द्रीय उपाध्यक्ष हुनुहून्थ्यो । योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष भएपछि उहाँले पार्टी र विभिन्न गैरसरकारी संस्थामा सक्रिय रहनुभएको थियो । जन्मथलो तेह्रथुम र अध्ययन तथा राजनीति झापाबाट शुरु भएपनि उहाँको कर्मथलो मोरङ हो ।

नवौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित तुम्बाहाम्फे अहिले मोरङ जिल्ला इञ्चार्ज रहनुभएको छ । पार्टीभित्र उहाँ केपी ओली निकट नेतृको रुपमा चिनिनुहुन्छ । उहाँको अर्को परिचय हो, एमालेका चर्चित नेता बिजय सुब्बाको बहिनी । तर, सुब्बाले एमाले छाडेर संघीय समाजवादीमा गएपनि शिवमायाँले एमालेमी सक्रिय रहनुभएको छ । अहिले बिजय सुब्बा पनि एमालेमै फर्किएर समानुपातिक सांसद बन्नुभएको छ ।

तुम्बाहाम्फेले नेपालको महिला आन्दोलनका विषयमा विद्यावारिधी गर्नुभएको छ । उहाँलाई २०७३ सालमा केपी ओली नेतृत्वको सरकारले इजरायलको लागि राजदुतमा सिफारिस गरेको थियो । तर, संसदीय सुनुवाई नहुँदै सरकार परिवर्तन भएकोले उहाँले राजदुत बन्न पाउनुभएन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes