धनकुटा । धनकुटामा फागुन २० गतेदेखि सञ्चालन भएको प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं धनकुटा महोत्सव सम्पन भएको छ ।
फागुन २० गते १ न प्रदेशका मुख्य मन्त्री शेरधन राई उत्घाटन गरी सु? भएको महोत्सवको प्रतिनिधिसभाका सांसद राजेन्द्र राईले समापन गर्नुभयो ।
महोत्सवमा प्रदेश न १ कासहित देशका विभिन्न स्थानका उद्योगी व्यावसायीले उत्पादन गरेका ढाका कपडा, खुकुरी, हस्तकला, बासँका सामाग्रीलगायत विभिन्न प्रकारका सामाग्रीका स्टल राखेका थिए । कृषकह?ले उत्पादन गरेका मह, अदुवा, अलौची, चियालगायतका विभिन्न कृषि उपजलाई महोत्सवमा प्रदर्शन गरिएको थियो ।
महोत्सवको पहिलो दिन बाटै विभिन्न राष्टीय र स्थानिय कलाकारह?को प्रस्तुतीसमेत भएको थियो । महोत्सवमा १ सय ५० स्टल रहने थिए । महोत्सवमा करिब २ करोड ?पैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।