गणेश लामा पेस्तोलसहित पक्राउ - Pahilo Online

गणेश लामा पेस्तोलसहित पक्राउ

‘गुण्डा’ तह लगाउँदै प्रहरी

writer

काठमाडौं । केही वर्षयता गुण्डागर्दी नियन्त्रणमा सक्रियता देखाएको प्रहरीले राजनीतिमा सक्रिय रहेका ‘डन’ गणेश लामालाई बुधबार पेस्तोलसहित पक्राउ गरेको छ ।

विभिन्न आपराधिक गतिविधिमा मुछिँदै आएका गणेश लामा प्रहरीको खोजीको सूचीमा रहेपनि राजनीतिक संरक्षणको आडमा खुलेआम हिंड्दै आएका थिए । विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट लडेका थिए । त्यहाँ एमालेका चन्द्र लामा विजयी बनेका थिए ।

अकूत सम्पत्ति कमाएको अभियोगमा जेलमा रहेका लामा संविधानसभामा उम्मेद्‍वारी दिएको भोलिपल्टै ३ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए। उनको मुद्दा विशेष अदालतमा अझै जारी छ।

गौशालास्थित होटल पशुपति भिजनबाट साँझ लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको जनाएको छ । प्रहरीले लामाको साथबाट चाइनिज ५४ पेस्तोल र त्यसमा प्रयोग हुने ६ थान गोलीसमेत बरामद गरेको जनाएको छ ।

लामालाई लक्षित गरेर कसैले गोली प्रहार गरेको भएपनि कसैलाई गोली नलागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिनुभएको छ । लामाले आफूलाई लक्षित गरेर दुई जनाले गोली हानेर भागेको बताएको प्रहरीको भनाइ छ।

प्रहरीले गुन्डाहरूविरुद्ध पछिल्लो समय कडा कारबाही गर्दै आएको छ। जसअनुसार केही गुन्डा इन्काउन्टरमा मारिएका छन् भने केहीलाई जेल चलान गरिएको छ । केही भने फरार रहेको प्रहरीको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes