छ लेन सडक निर्माण रोकियो - Pahilo Online

छ लेन सडक निर्माण रोकियो

ठेक्का प्रक्रिया नमिल्दाको असर

writer

विराटनगर । विराटनगर इटहरी हुदै धरान जोड्ने ६ लेन सडक परियोजनाको दुहबी खण्डको बिवाद नमिल्दा ठेक्का प्रक्रिया लम्बिएको छ । व्यापारिक लोकमार्ग मार्ग अन्तरगत दुहबी खण्डमा जग्गा अधिग्रहणको विवाद नमिल्दा ठेक्का प्रक्रिया लम्बिएको हो ।

परियोजनाले चालु आर्थिक वर्ष भित्र सडकको सबै क्षेत्र ठेक्का लगाउने तयारी गरेको थियो । तर जग्गा विवाद नसुल्झिएका कारण समस्या भएको परियोजनाले जनाएको छ । छ लेन सडक परियोजना मध्ये विराटनगर बजार क्षेत्रमा ३० मिटर सडक चौडा बनाइएको छ । न्यूनतम मापदण्डमा ३० मिटर हुनुपर्ने भएकाले दुहबीमा पनि हाल सोही कायम गर्न लागिएको छ । परियोजना अन्तरगत दुहवी क्षेत्रमा १७ मिटर मात्र सडक रहेको छ ।

परियोजनाको ३९ किलोमिटर मध्ये ३४ किलोमिटर क्षेत्र निर्माणकालागि ठेक्का लागिसकेको छ । ठेक्का लाग्न बाकी रहेको मध्ये दुहबी बाहेक अन्य क्षेत्रमा प्रक्रियामा रहेको विराटनगर–धरान सडक परियोजनाका प्रमुख विनोदकुमार मौवारले जानकारी दिनुभयो ।

६ लेन परियोजना अन्तरगत विराटनगर क्षेत्रमा काम द्रुत गतिमा सञ्चालन गरिएको परियोजनाले जनाएको छ । विराटनगर महानगरपालिकाले व्यस्त सडकको ९ किलोमिटर छिटोभन्दा छिटो बनाउन आफूहरुले पहल गरेको माहानगरका प्रमुख भीम पराजुलीले बताउनु भयो ।

परियोजनाकालागि चालु आर्थिक बर्षमा ६० करोड बजेट विनियोजन भएको छ । बजेट अपुग भएका कारण थप दश करोड माग गरिएको छ । २०७५/०७६ भित्र काम सक्नु पर्ने परियोजनाको समय सिमा सकिन एक बर्ष बाँकी रहँदा ५ किलोमिटर क्षेत्र ठेक्का लगाउन बाँकी रहेको छ । हालसम्म परियोजनाको ३०.४० प्रतिशत काम मात्रै सकिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes