विख्यात बैज्ञानिक स्टिफन हकिङ्ग रहेनन् - Pahilo Online

विख्यात बैज्ञानिक स्टिफन हकिङ्ग रहेनन्

सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ

writer

पहिलो अनलाइन

विराटनगर । चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा बेलायतको लण्डनमा निधन भएको छ । सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ।

हकिङ्ग यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको थियो । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशकसमेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनलाई २१ वर्षको उमेरमा मोटर न्यरोन नामक रोग लागेको थियो । दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए भए भने उनी ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।

हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।

हकिङ्गले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक–पटक बताउने गरेका थिए । यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु भएको उनको भनाइ थियो ।

हकिङ्गले १९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा न्याचुरल साइन्स पढ्ने अवसर पाएका थिए । त्यसपछि क्याम्ब्रिजबाट विद्यावारिधी गरे । १९६३ मा उनलाई मोटर न्यूरोन भन्ने रोग देखियो । त्यसबेला उनी २ वर्ष मात्रै बाँच्ने बताइएको थियो । १९७४ मा उनले ब्ल्याक होलले ुहकिङ रेडियसनु फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गरे ।

१९८८ मा प्रकाशित उनले लेखेको किताब‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ ।

बीबीसीबाट

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes