नेपालको तेस्रो राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित - Pahilo Online

नेपालको तेस्रो राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

विवादित प्रधानन्यायधिस पराजुलीले भोलि सपथ गराउने

writer

पहिलो अनलाइन

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा दुईतिहाईभन्दा बढि मत प्राप्त गर्दै भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्नुभएको हो ।

वाम गठबन्धनकी उम्मेदवार भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गर्दा राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने दबर भएको छ ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्यले मततदान गरे । संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले भने मतदान गरेनन् । नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको लागि संघीय संसदको एक सदस्यको मतभार ७९ तोकिएको थियो भने प्रदेशसभा सांसदको मतभार ४८ रहेको थियो ।

यसैबीच दोस्रो कार्यकालको लागि राष्ट्रपति बन्नुभएकी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।

कस्तो छ, भण्डारीको विगत ?
दोस्रो कार्यकालका लागि निर्वाचित भण्डारीको नाममा नेपालको पहिलो महिला राष्ट्रपतिको इतिहास लेखिएको छ । २०७२ कात्तिक ११ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भण्डारी त्यसअघि एमालेको दुई कार्यकाल उपाध्यक्ष, सांसद र मन्त्री हुनुभएको थियो ।

दासढुंगामा मारिएका एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी भण्डारी पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । तर, राजनीतिक सक्रियता भने श्रीमान्‌को निधनपछि बढेको हो । श्रीमान्‌को निधनपछि २०५० सालमा काठमाडौं–१ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हराएपछि उहाँ एमाले राजनीतिको अग्रभागमा देखिनुभएको थियो ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष हुँदै भण्डारीले एमाले भातृ संगठन अनेमसंघको अध्यक्षको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।

राष्ट्रपति भएपछि भण्डारीको प्रत्यक्ष दलीय आवद्धता त समाप्त भयो, तर शितल निवासमा रहेर एमालेभित्रको गुट चलाएको आरोप भण्डारीमाथि पार्टी भित्रैबाट लाग्ने गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes