दाहालसहित सासु–ससुरा विरुद्ध किटानी जाहेरी - Pahilo Online

दाहालसहित सासु–ससुरा विरुद्ध किटानी जाहेरी

आइसा मृत्यु प्रकरण

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको कटहरी गाँउपालिका १ जम्टोकीकी १७ वर्षीया आइसा चौधरीको हत्या भएको भन्दै प्रहरीमा परिवारले किटानी जाहेरी दिएको छ ।
चौधरीले झुण्डिएर आत्महत्या गरेको नभई उनको कर्तब्य गरेर हत्या गरिएको भन्दै पीडित पक्षले किटानी जाहेरी दर्ता गराएको हो ।

पीडितकी आमा गुल्जारी चौधरीले मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङमार्फत महानगरीय प्रहरी परिसर ललितपुरमा ३ जनाको नाम किटान गर्दै जाहेरी दरखास्तपत्र पठाएकी हुन् । मृतक आयशा घरेलु कामदारका रुपमा काम गर्न गएकी ललितपुर ३ निवासी बिनय दाहाल, उनलाई दाहालको घरमा काम गर्न पु¥याउने उनका ससुरा विराटनगरका केशव सिलवाल र सासु गिता सिलवाल विरुद्ध उजुरी दर्ता गराईएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरलाई पठाइएको जाहेरीमा आयशाले आत्महत्या गरेको नभई हत्या गरिएको दाबी गरिएको छ । चौधरीले गत शुक्रबार झुण्डिएर आत्महम्त्या गरेको भन्दै दाहाल परिवारले आमा गुल्जारीलाई छोरीले चोरी गरेको कारण प्रहरी हिरासतमा परेको छ भन्दै झुक्याएर काठमाडौं बोलाई शव जिम्मा लगाएर पठाएका थिए ।

यसैबीच आयसाको मृत्युबारे सत्यतथ्य छानविन गर्न माग गर्दै मोरङका अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार पूर्वाञ्चल मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, ओरेक, जागरण नेपाल, सिविन, बपरडेकलगायत १८ बटा संघसस्थाको टोलीले पीडितलाई न्यायसहित क्षतिपुर्ति दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

पढाईदिने बाचामा घरेलु कामदारका रुपमा ललितपुर ३ का विनय दाहाल र लीना सिलवालले बालिका लगेकोमा बालिकाले आत्महत्या गरेको भन्दै शव बुझाउने घटना शंकास्पद रहेको ज्ञापनपत्रमा उल्लेख छ । बालिकाको निधनपछि एक जना अभिभाबकलाई मात्र झुटो सूचना दिएर विमानमार्फत काठमाडौँ लैजानु र आत्महत्या गरेको काजगमा सही गराएर शव बुझाउनु गम्भीर भएको उनीहरको ठहर छ ।

अभिभावकको उपस्थितिबिना झुडिएको भनिएको डोरी काटिएको, अभिभावकको उपस्थितिबिना पोष्टमार्टम गरेको, शवको प्रकृतिलाई हेर्दा हत्केलामा निलडाम र हातका विभिन्न भागमा धारिलो हतियारले काटेको देखिनुले घटना शंकास्पद भएको अधिकारकर्मीहरुको भनाइ छ । मृतकको देब्रे गालामा निर्मम कुटपटिबाट अस्वाभिवक रुपमा गाला फुलेको पनि देखिएकोले निश्पक्ष छानविनको मा गगरिएको छ ।

आइसाले गहना र पैसा चोरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ भनेर आमालाई लगिएको भएपछि छोरीको शव जिम्मा लगाएर दाहाल परिवारले पठाएको थियो । घटनाको सत्यतथ्य छानविन गर्न माग गरिएको इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले बताउनुभयो ।

जाहेरीको व्यहोरा 

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes