महानगरको विकासको काममा चरम लापर्वाही - Pahilo Online

महानगरको विकासको काममा चरम लापर्वाही

मेयरले अनुगमनसमेत नगरेको स्थानीयको गुनासो

writer

विराटनगर । विकास निर्माणमा कमसल निर्माण सामाग्रीको प्रयोग भएको भन्दै विराटनगर १० का स्थानीयले विरोध जनाएका छन् ।

विराटनगर १० पिपल चौक स्थित पासाङ मार्गमा ड्रेन, ढल निर्माणमा कमसल सामाग्रीको प्रयोग भएको भन्दै स्थानीयले काम अबरुद्ध गरेका हुन् ।

सडकमा यस अघि नै ढलको च्याम्बर निर्माण भइसकेको भएपनि सडक छेउको नाला भन्दा होचो भएपछि निर्माण कम्पनीले ईट्टाको प्रयोग गरेर पुनः निर्माण गरिरहेको थियो । सडकको बिच भागमा पर्ने ढलको च्याम्बरलाई अग्लो बनाउन कमसल ईट्टटाको प्रयोग भएको स्थानीय लोकनाथ अधिकारीले बताउनुभयो ।

वडा नम्बर १० वडा अध्यक्ष माधवराज वाग्लेले पटक–पटक आफूहरुले गुणस्तरीय सामाग्रीको प्रयोग गर्न आग्रह गरेको भएपनि ठेकेदार कम्पनी आषिश निर्माण सेवा कम्पनिले बेवास्ता गर्दै आएको बताउनुभयो । आफ्नो वार्डमा कमसल सामाग्रीको प्रयोग गरेर विकास निर्माण गर्न नदिने भन्दै उहाँले निर्माण कम्पनीले सुधार नगरे काम रोक्ने चेतावनी दिनुभएको छ ।

ढल निकासका लागि सडकको बिच भागमा निर्माण गरिएको च्याम्बर निर्माणमा पिकेट ईट्टाको प्रयोग गरिएको छ । सडकको दुबै छेउतर्फ निर्माण गरिएको नालाभन्दा कम उचाइको भएपछि च्याम्बरको उचाइ बढाउन ईट्टाको प्रयोग गरिएको हो । सडकको बिचमा पर्ने हुँदा ईट्टाले सवारी साधनको लोड थाम्न नसक्ने भएकोले रडसहितको सिमेन्टको रिङ हाल्नुपर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

ठेकेदार कम्पनीका ईञ्जिनियर धिरेन्द्र यादवले भने आपूmहरुले कमसल ईट्टा मगाएको नभइ ईट्टा आउँदा नै केहि प्रतिशत कमसल मिसिएर आएकोले समस्या देखिएको बताउनुभयो । यद्यपी निर्माणको काममा त्यस्ता ईटा प्रयोग नगरेको उहाँको भनाइ छ ।

संयुक्त नगर टोल विकास संस्थाका अध्यक्ष राजेश मास्केले आफूहरुले पटक–पटक आवाज उठाउँदा पनि विराटनगरमा भइरहेको विकास मिर्नाणमा कमसल सामाग्री प्रयोग भइरहेको बताउनुभयो । ‘सचेत नागरिक भएका स्थानमा नागरिकले भनेको खण्डमा मात्रै सुधार हुन्छन्, उहाँले भन्नुभयो, ‘नागरिकको आँखा नपुगेको ठाउँमा गुणस्तरप्रति कुनै ख्याल गरिएको छैन ।’ गुणस्तहिन कामको अनुगमन गर्न मेयर र परियोजनाका प्रमुखलाई बोलाएपनि नआएको उहाँको भनाइ छ ।

मा प्रकाशित

1 thought on “महानगरको विकासको काममा चरम लापर्वाही

  1. सम्पुर्ण नगरवासीले एक भएर आवाज उठाउन जरुरी छ

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes