सर्बोच्च अदालतमै चरम गुटबन्दी - Pahilo Online

सर्बोच्च अदालतमै चरम गुटबन्दी

पराजुलीले तोकेको बेञ्च ६ न्यायधिसद्वारा बहिष्कार, १३ जनाले भने मुद्दा सुनुवाई गर्दै

writer

पहिलो अनलाइन

काठमाडौं । सर्वोच्च अदालतका ६ न्यायाधीशले प्रधानन्यायधिस गोपाल पराजुलीले तोकेको इजलास बहिष्कार गरेका छन् ।

सोमबार न्यायाधीश चालेन्द्रशम्शेर जबराले नै प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेपछि मंगलबार पराजुलीले तोकेको पेसी अनुसार ६ न्यायधिस इजालसमा बसेनन् ।

मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद प्याकुरेल, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन् । कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० छ । यी न्यायधिसहरुलाई नेकपा एमाले निकट भनेर चिनिन्छन् । उनीहरुमध्ये कार्की अघिल्लो पटक एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा महान्यधिवक्ता थिए भने प्रधान एमालेबाट सभासद बनिसकेककी हुन् ।

सर्बोच्चका बाँकी १३ न्यायधिसले भने पराजुलीले तोकेको इजलासबाट मुद्दाको सुनुवाई गरिरहेका छन् । सर्बोच्च अदालतमा हाल २० न्यायधिस छन्  ।

न्यायधिस जबराले कान्तिपुर विरुद्धको मानहानी मुद्दामा अघिल्लो दिन सँगै बसेर सुनुवाई गरेपनि सोमबार पराजुलीले अवकास पाइसकेको भन्दै सुनुवाई बहिष्कार गरेपछि सर्बोच्च अदालतमा चरम गुटबन्दी देखिएको छ । पराजुलीले तोके अनुसार इजलास बस्ने कि नबस्नेमा सर्बोच्चका न्यायधिसहरु विभाजित भएका छन् ।

पराजुलीाई चर्को विवादपछि कतिपय न्यायाधीशहरुले विदामा बस्न सुझाब दिएको भएपनि उनले मंगलबारको लागि १२ वटा इजलास गठन गर्दै पेसी तोकेका थिए । पराजुलीको अवसका भइसकेकको बताएका चोलेन्द्रको भने इजलास तोकिएको छैन ।

पराजुलीले तोकको इजलासमध्ये ३ वटा बाहेक ९ वटा इजलासमा भने न्यायधिसहरुले मुद्दाको सुनुवाइए गरिरहेका छन् । सोमवार प्रधानन्यायाधीश पराजुली साउन २१ गतेदेखि नै निवृत्त भइसकेको र उनको न्यायिक सम्पादन विवादास्पद बन्दै गएको भन्दै उनको बेञ्च बहिष्कार गर्ने लिखित आदेश जारी गरेका थिए ।

सर्बोच्चमा देखिएको यो चरम गुटबन्दीले अब कसरी किनारा पाउने हो भन्ने निश्चित छैन । नेपाल बार एशोसिएसनले न्यायधिस जबराले अनैतिक र न्यायधिसको आचारसंहिता विपरित काम गरेको भन्दै भत्र्सना गरेको छ भने पाटन उच्च बारले प्रधानन्यायधिसको राजिनामा मागेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes