व्यवसायीको हत्या विरुद्ध विर्तामोड बन्द - Pahilo Online

व्यवसायीको हत्या विरुद्ध विर्तामोड बन्द

हत्यामा संलग्न रहेको आशंकामा २० भन्दा बढी पक्राउ

writer

पहिलो अनलाइन

विर्तामोड । सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको बिरोधमा बिर्तामोड उद्योग बाणिज्य संघ र सुनचाँदी व्यवसायी संघले आज बिर्तामोड बन्द गरेको छ । व्यवसायीले बिरोध र्यालीसहित बजार बन्द गरेका हुन् ।

सुनचाँदी कारोवारको बिषयलाई लिएर मुखियाको हत्या भएको बताइएको छ । प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा २० जना भन्दा बढी पक्राउ परेका छन् । पक्राउ परेकाहरु विरुद्ध अदालतमा म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा छन् । बिर्तामोड स्थित कृषिथोक लाइनको राधे रिद्धिसिद्धी ज्वेलर्सका संचालक पारस देवको योजनामा मुखियाको हत्या भएको प्रहरी स्रोतको भनाइ छ । स्रोतका अनुसार उनलाई ओली र पौडेल थरका दुई युवा सहयोग गरेका थिए । स्रोतका अनुसार देवले सुनचाँदीको लगभग ७० लाख भन्दा बढी मुखियालाई बुझाउन बाँकी रहेको थियो ।

देव भारतको सिलिगुडीमा नेपालबाट सुनचाँदी तस्करी गर्दै आएको बताइएको छ । फागुन २० गतेबाट हराएका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरी इलामको रोङ गाउँपालिका–३ कोल्बुङ स्थित सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।

पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा मुखियाको शव भेटिएको रोङ प्रहरीले जानकारी दिएको छ । बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै बाहिरिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes