पराजुली नियमित काममा, जबरा विरुद्ध मुद्दाको तयारी - Pahilo Online

पराजुली नियमित काममा, जबरा विरुद्ध मुद्दाको तयारी

writer

पहिलो अनलाइन

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जवराले प्रधानन्यायाधीश गोपाल पराजुलीले गत साउन २१ मै अवकाश पाइसकेको भन्दै पराजुलीसँगको इजालस बहिष्कार गरेको भोलिपल्ट मंगलबार प्रधानन्यायधिस पराजुलीले नियमित झै पेशी तोक्नुभएको छ ।

प्रधानन्यायधिस पराजुलीले नियमित झै मंगलबारको लागि पनि जवरा बाहेकका न्यायधिसको पेशी तोक्नुभएको छ । यद्यपी जबराको बहिष्कारको कारण सोमबार स्थगित भएको कान्तिपुर विरुद्धको मुद्दाको भने पेशी तोकिएको छैन ।

जवराको रायपछि सोमबार अधिकांश न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीलाई विदामा बस्न सुझाव दिएका थिए। तर, पराजुलीले मंगलबार आफूसहितको बेञ्च गठन गरेर पेसी तोक्नुभएको हो । दैनिक पेशी तोक्ने काम प्रधानन्यायाधीशले गर्ने परम्परा छ ।

आज पूर्ण बाहेक दश इजलास गठन गरिएका छन् । पराजुलीसँग न्यायाधीश तेजबहादुर केसीको इजलास तोकिएको छ । सुनुवाइ जारी रहेको डा.गोविन्द केसी र कान्तिपुर पव्लिकेशनविरुद्धको अपहेलना मुद्दाको बाँकी प्रक्रिया भने अनिश्चित बनेको छ ।

स्रोतका अनुसार न्यायाधीश जबरामाथि अदालतको अवहेलनाको मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । संभवत मंगलबार नै त्यो प्रक्रिया बढ्ने छ ।

यसैबीच प्रधानन्यायाधीशले सोमबार राति राष्ट्रपतिसँग भेटवार्ता गरेको बुझिएको छ । राष्ट्रपतिसँगको अर्थपूर्ण भेटघाटको अतिरिक्त विवरण सार्वजनिक हुन बाँकी छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes