धरानमा फोहोरबाट उर्जा उत्पादन हुने - Pahilo Online

धरानमा फोहोरबाट उर्जा उत्पादन हुने

writer

पहिलो अनलाइन

धरान । अबको केही समयमा सुनसरीको धरानमा फोहोरबाट उर्जा उत्पादन हुने भएको छ ।  धरान उपमहानगरपालिका, नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु इनर्जीले धरानमा एनारोविक डिजेस्टेसन प्रविधिबाट उर्जा उत्पादन गर्न लागेको हो ।

आयोजना सञ्चालन गर्न त्रिपक्षीय सम्झौतासमेत भईसकेको छ । उपमहानगरपालिकाका शुन्य लगानीमा सञ्चालन हुने योजनाका लागि भेन्चर वेष्ट टु एनर्जीले धरान ६ स्थित पानबारीमा १६ कठ्ठा जग्गासमेत खरिद गरिसकेकोे छ ।

कुल २४ करोड लगानीमा सञ्चालन हुन लागेको आयोजना २० बर्षपछि धरान उपमहानगरपालिकाको पूर्ण स्वामित्वमा आउने सम्झौता भएको छ । धरान उप–महानगरपालिकाका मेयर तारा सुब्बाले धरानको फोहोरबाट वैकल्पिक उर्जा उत्पादन गरी फोहोरलाई पनि आय श्रोत बनाउने योजना अनुसार कार्य अगाडि बढेको बताउनुभयो ।
सुब्बाले धरानमा उत्पादन हुने जैबिक फोहोरबाट बैकल्पिक उर्जा तथा मल उत्पादन गर्ने र अन्य फोहोरलाई दिर्घकालिन व्यवस्थापन गर्ने बताउनुभयो । धरानमा उत्पादन हुने फोहोरको ८० प्रतिसत जैबिक फोहोर रहेकोले त्यसलाई बैकल्पिक उर्जा उत्पादनमा प्रयोग गर्न सकिन्छ ।
भेन्चर वेष्ट टु इनर्जी प्रालिका अध्यक्ष जेनेस श्रेष्ठले अब केही महिनाभित्रै धरानमा वैकल्पिक उर्जा उत्पादनको काम थाल्ने जानकारी दिनुभयो । अधिकतम ५ बर्षसम्म धरान उपमहानगरपालिकाले फोहोर उठाइदिने र संस्थाले नै फोहोर उठाउने सहमति छ । फोहोरबाट भएको आम्दानीको एक प्रतिशत रोयल्टी उपमहानगरलाई कम्पनीले बुझाउनेछ । धरानमा अहिले हरेक दिन २२ मेट्रिक टन फोहोर उत्पादन भईरहेको छ ।

भेन्चरका अध्यक्ष श्रेष्ठका अनुसार दैनिक ५ हजार सिलिन्डर ग्यास उत्पादन गर्ने लक्ष्यका साथ प्रोजेक्ट सञ्चाल गर्न लागिएको छ । उहाँले फोहोरबाट ग्याँस, विजुली, मल उत्पादन गरेर बिक्रि गरिने जानकारी दिनुभयो । फोहोरबाट उत्पादन गरेको ग्याँस अहिले बजारमा पाईने एलपी ग्याँसभन्दा सस्तो पर्ने बताइएको छ ।

आयोजना सञ्चालन भएको २० वर्षको अवधिपछि आयोजनाको स्वामित्व उपमहानगरपालिको हुनेछ । धरानमा राख्न लागिएको प्लान्टबाट दैनिक ३० मेट्रिक टन दैनिक फोहोरको प्रशोधन गर्न सकिन्छ ।

पाँच वर्षभित्रमा धरान उपमहानगरपालिकाकाले फोहोर व्यबस्थापनमा गर्दै आएको खर्च जोगिने छ । हाल धरान उपमहानगरपालिकाले बर्षिक करिब १ करोड २५ लाख रुपैयाँ फोहोर व्यबस्थापनमा खर्च गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes