धनकुटा महोत्सवमा करोड बढीको कारोबार - Pahilo Online

धनकुटा महोत्सवमा करोड बढीको कारोबार

writer

पहिलो अनलाइन

धनकुटा । धनकुटामा चलिरहेको प्रादेशिक औद्योगिक व्यापार मेलामा एक करोड रुपैयाँ बढीको कारोबार भएको छ । मेला आयोजक समितिका अनुसार मेलामा हालसम्म ६० हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् ।

दश दिनसम्म सञ्चालन हुने औद्योगिक व्यापार मेलामा हस्तकलाका समान, कृषि तथा जडिबुटीको प्रदर्शनी, घरेलु उद्योगबाट उत्पादित वस्तु तथा कला, सांस्कृतिक वस्तुको प्रदर्शनी तथा बिक्री केन्द्र राखिएको आयोजकले जनाएको छ । गत फागुन २० गतेदेखि जारी महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका सामग्री आकर्षणका केन्द्र बनेका छन् ।

चिया, अलैँची, मह, च्याउका परिकार, अल्लोका सामग्रीहरू मेलामा बढी बिक्री हुने गरेको व्यापारीहरूको भनाइ छ । फागुन ३० गतेसम्म संचालन हुने मेला तथा कृषि प्रदर्शनीमा कम्तीमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकहरू आउने र ३ करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ ।

मेलामा १५६ वटा स्टल रहेका छन् । यस्तै हरेक दिन साँस्कृतिक कार्यक्रम पनि हुने गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes