को बन्दैछ राष्ट्रियसभा अध्यक्ष ? आज मनोननयन - Pahilo Online

को बन्दैछ राष्ट्रियसभा अध्यक्ष ? आज मनोननयन

तीन सदस्यले भोट हाल्न नपाउने

writer

पहिलो अनलाइन

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।

दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ ।

नेकपा एमाले र नेकपा माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउनेछ ।

राष्ट्रियसभामा ५९ सांसद छन् । जसमा एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २/२ जना सांसद छन् । सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा.युवराज खतिवडा, रामनारायण विडारी र डा.विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन् । उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ ।

अदालती विवादका कारण खतिवडा, बिडारी र पौडेलले बिहीबारमात्रै शपथ लिएका थिए । जबकी मतदाता नामावली बुधबार नै प्रकाशित भइसकेको थियो ।

एमालेले अहिलेसम्म राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छैन । उम्मेदवार छान्न एमाले बैठक बसिरहेको छ । अध्यक्ष पदका लागि पर्शुराम मेघी गुरुङ, गणेशप्रसाद तिमिल्सेना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी छन् । उनीहरुमध्ये गुरुङ, तिम्सिना र भट्टराईलाई बलियो दाबेदार मानिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes