कृषिमा बजेट बृद्धि गर्न जोड - Pahilo Online

कृषिमा बजेट बृद्धि गर्न जोड

writer

पहिलो अनलाइन

विराटनगर । कृषिजन्य वस्तुको उत्पादनमा उर्बरभूमि रहेको मुलुकमा आगामी आर्थिक वर्षको बजेटले कृषिमा प्रर्याप्त मात्रमा बजेट बिनियोजन गनुपर्ने विज्ञहरुले बताएका छन् ।

विराटनगरमा आइतबार नेपाल राष्ट्रबैंक अनुसन्धान विभागले आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को पूर्वबजेट सम्बन्धि छलफलमा विज्ञहरुले यस्तो सुझाब दिएका हुन् ।

कार्यक्रममा प्रा.डा. प्रमोदकुमार झाले निमुखा जनतालाई प्रत्यक्ष राहतको अनुमति हुने खालको बजेट ल्याउनुपर्ने बताउनुभयो । ‘तीन तहको सरकारका बनेर अहिले संघीयता कार्यान्वयनको चरणमा छ,’ उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षमा आउने बजेट जनताको मन छुने खालको बजेट ल्याउनुपर्दछ ।’

प्रदेश नम्बर १ समृद्धिले भरिपूर्ण भएको प्रदेश भएको बताउँदै अर्थशास्त्रका विज्ञ डा. झाले कृषि र पर्यटनको क्षेत्रमा क्षेत्रमा सरकारले प्रर्याप्त मात्रमा बजेट बिनायोजन गर्नुपर्ने सुझाब दिनुभयो । जसले गर्दा विकासको क्षेत्रमा चाँडै फड्को मार्ने उहाँको भनाइ थियो । ‘विकासको प्रस्थान विन्दु भनेकै कृषि हो,’ उहाँले भन्नुभयो, ‘सरकारले पहिलो प्राथमिकता कृषिमा दिनुपर्दछ ।’

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले राज्यले उद्योग, व्यवसायीहरुको लागि लगानीमैत्री नीति ल्याउन नसक्दा सुनसरी, मोरङ करिडोरका उद्योगहरु पलायन हुने अवस्था सृजना भएको बताउनुभयो । सरकार राजश्वमुखी मात्र भएको भन्दै उहाँले आगामी बजेटले कृषि, उद्योग र विकासलाई प्राथामिकता दिनुपर्ने सुझाब दिनुभयो । ‘राज्यले उद्योग स्थापनाको लागि व्यवसायीहरुलाई लगानीमैत्री वातवरणको सिर्जना गर्नुप¥यो,’ सारडाले भन्नुभयोे, ‘उद्योग सञ्चालनको लागि सुलभ ब्याजदरमा ऋण दिने व्यवस्था गर्नु¥यो ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले करको दायरालाई फराकिलो पार्दै पूर्वाधार विकास गर्ने योजनामा बजेट ल्याउनुपर्ने बताउनुभयो । विराटनगरदेखि किमाथांका जोड्ने सडक निमार्णमा राज्यले विशेष प्राथामिकता दिएर बजेट बिनायोजन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेरुडे लघुवित्तका भागनारयण साहले हुलाकी राजमार्ग, कृषि सडकदेखि सिचाईंमा बजेट बिनायोजन गर्नुपर्ने बताउनुभयो । कृषकले लगाएको बालीको बिमा गर्न नसक्दा कृषि पेशा संटकमा परेको भन्दै उहाँले राज्यले कृषकको लागि बजेटमा लागनी बढाउनुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्रबैंक अनुसन्धान विभागका निर्देशक डा.कुमार श्रेष्ठले कार्यक्रममा सहभागी भएकाहरुले दिएको राय र सुझाबलाई आगामी बजेटमा समेट्न पहल गर्ने बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes