बेवारिसे भेटिएकी गर्भवती महिलाको घाँटीमा निलडाम - Pahilo Online

बेवारिसे भेटिएकी गर्भवती महिलाको घाँटीमा निलडाम

घाँटी थिचेर मार्ने प्रयास हुँदै गर्दा गाउँले पुगेपछि भागेको हुनसक्ने प्रहरीको आशंका

writer

विवेक मिश्र

लक्ष्मीमार्ग । मोरङको बेलबारी नगरपालिका १० स्थित भाउन्ने चोक उत्तर जंगलमा बेवारिसे अवस्थामा शनिबार बिहान फेला परेकी महिलाको ७ महिनाको गर्भ रहेको खुलेको छ ।

प्रहरीले अहिलेसम्म ती महिना को हुन् भन्ने विषयमा जानकारी पाउन सकेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कोही कसैले मार्ने उद्देश्यका साथ उनलाई जंगलमा ल्याइएको हुनसक्छ ।

‘घाँटीमा निल र डाम छ,’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामजी कट्वालले भन्नुभयो, ‘घाँटी थिचेर मार्ने प्रयास भइरहेको बेला गाउँले पुगेपछि अपराधि फरार भएको हुनसक्ने आशंका छ ।’ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएकी ती महिला अझै बोल्न सकेकी छैनन् ।

‘घाँटीमा थिचेर अन्तिम अवस्था पु¥याएको कारण उनी अझै बोल्न सक्ने अवस्थामा छैनन्,’ कट्वालले भन्नुभयो, ‘भोलिसम्ममा उनको स्वास्थ्यमा सुधार हुने अपेक्षा छ ।’ कटवालका अनुसार तराई मूलकी ती महिलाको घर सुनसरीको इनरुवा आसपास हुनसक्ने अनुमान गरिएको छ । ‘आइतबार बिहान केही संकेतमार्फत उनले सुनसरीको इनरुवा घर भएको बताएकी छन्,’ कटवालले भन्नुभयो ।

आफन्त कोही नहुँदा उपचारमा समस्या

यसैबीच फेला परेकी उनको उपचारका लागि प्रहरीलाई समस्या भएको छ । विपी प्रतिष्ठानले पैसाबिना उपचार गर्न नसक्ने बताएपछि प्रहरीलाई पनि समस्या परेको छ । ‘अहिलेसम्म कोही पनि उनको आफन्त नआएका कारण उपचारमा आर्थिक अभाव भएको छ,’ कटवालले भन्नुभयो ।

शनिबार बिहान दाउरा घाँस काट्न जाने स्थानीयले ति महिलालाई फेला पारेका थिए । अन्दाजी २५ वर्षीय महिला मुखबाट फिँज काडेर अचेत भएको अवस्थामा भेटिएकी थिइन् । सुत्केरी बेथासमेत लागेकी ति महिलालाई भाउन्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बेलवारीको सहयोगमा उपचारको लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्थान धरान लगिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes