‘यौन प्यास मेटेपछि कैदी उम्किए’ - Pahilo Online

‘यौन प्यास मेटेपछि कैदी उम्किए’

writer

अनिल श्रेष्ठ

विराटनगर । कैदीसँगको मिलेमतोमा कारागारका हवल्दार चल्दा उनको जागिर चट् भएको छ भने आफैं कैद हुन पुगेका छन् ।

मोरङ कारागारमा लागूऔषधको मुद्दामा कैद भुक्तान गर्दै आएका उर्लाबारी–७ घर भएका उमेश चौधरीले प्रहरी हवल्दारलाई यौनकर्मीलाई भेट गराउने र यौन प्यास मेटाउने योजना सुनाए । योजना पूरा गर्न चौधरीको आँखा उपचार गर्ने बाहानामा प्रहरी हवल्दार अशोककुमार साह उनैको पछि लागे ।

कैदी आँखाको उपचार गर्ने बहानामा निस्किएका चौधरीले यौनकर्मी युवतीसँग यौन प्यास मेटाए र सुरक्षामा खटिएका उनै हवल्दार साहलाई ती यौनकर्मी भिडाएर आफू फरार भए । साह अहिले कैदी भगाएको आरोपमा मोरङ कारागारमा छन् ।

अक्षम्य गल्ति गरेको र कैदी भगाउन सहयोग गरेको आरोपमा मोरङ प्रहरीले हवल्दार साहलाई कारागार ऐन अन्र्तगत जिल्ला अदालतलमा मुद्दा चलाएको थियो । जिल्ला अदालतले प्रहरी हवल्दार साहलाई पूर्वपक्षको लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेश अनुरुप मोरङ प्रहरीले प्रहरी हवल्दार साहलाई कारागार चलान गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले संगठनको आचारण विपरित काम गरेकोले हवल्दार साहलाई निलम्बन गरि पुर्पक्षका लागि मोरङ कारागार पठाएको र कारागारको कमाण्ड गर्ने असई हरिबहादुर कार्कीलाई निलम्बन गरेको बताउनु भयो ।

यसरी फरार भए कैदी

अवैध लगूऔषध ब्राउन सुगरसहित पक्राउ परी २०७२ चैत २ गते अदालतबाट ५ वर्षको कैद सजाए पाएर चौधरी मोरङ कारागार चलान भएका थिए । उनी कारागारको कैदीहुँदै नाइकेसम्म भए । कारागारका अन्य कैदीभन्दा नाइकेले अलिक बढी सुविधा पाउने र सुरक्षासमेत कम हुने गर्दछ । कारागारबाट भाग्ने योजनामा बनाएर उनले आँखामा समस्या भएको कारागार प्रशानलाई जानकारी गराए ।

तत्काल उनलाई उपचारको लागि कारागार सुरक्षामा खटिएका प्रहरी हवल्दार साहको कमाण्डमा विराट आँखा अस्पतामा पु¥याए । अस्पतालको पूर्जीसमेत काटे । तर, उपचार गर्न छाडेर उनीहरूको मन अर्कै तिर मोडियो । यौन चाहना पुरा गर्ने पूर्व योजना अनुरुप उनीहरू दुवैजना नजिकैको एक होटलमा पुगे । यौनकर्मी महिला भेटे । १ हजार ५ सय रुपैयाँ दिने सहमति भयो ।

कैदी चौधरीले पहिले यौन प्यास मेट । त्यतिबेरसम्म प्रहरीले बाहिर पर्खेर बसे । यौन प्यास मेटे र होटलमा बसेबापतको पैसा चौधरीले नै तिरे । यौनसम्पर्क गरेपछि चौधरी बाहिर आए । आफूले यौन प्यास मेटाएपछि उनले आफ्नो साथमा आएका हवल्दार साहलाई पनि यौन सम्पर्क गर्न होटलतिर पठाए । प्रहरी होटल भित्र पसेको मौका छोपी चौधरी त्यहाँबाट फरार भए ।

फरार भएको १० दिन पछि पक्राउ

यौन चाहनाको लोभ देखाउँदै प्रहरीलाई झुक्याएर भागेका लागूऔषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका कैदी चौधरीलाई मोरङ प्रहरीले विशेष प्रहरी परिचालन गरी फरार भएको १० दिनपछि काठमाडौंको नारायणटारबाट पक्राउ गर्न सफल भयो ।

प्रहरीले कैदी चौधरीलाई पक्राउ गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरीका सादा पोशकमा खटिएका प्रहरी नै परिचालन गरेको थियो । प्रहरीले विशेष निगरानी खोजी गर्दै फरार भएको १० दिनपछि काठमाडौं नारायणटारबाट पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी बिसीले जानकारी दिनुभयो ।

फरार भएको कारण उनले भुक्तान गर्नु पर्ने थप अवधिको बढ्ने भएको छ । फरार हुँदा ‘डेढा’ कारबाही हुने कानूनी व्यवस्था छ । फरार नभएको भए चौधरी ३ वर्षमा छुट्ने थियो । यौन प्यास मेटाउने इच्छाले साहको जागिर चट् भयो भने चौधरी आफैं थप कैद भुक्तान गर्नुपर्ने भएको छ ।

कान्तिपुर साप्ताहिकबाट साभार

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes