एलओसी खारेज गर्न औषधि बिक्रेताको माग - Pahilo Online

एलओसी खारेज गर्न औषधि बिक्रेताको माग

writer

पहिलो अनलाइन

विराटनगर । औषधिको बिक्रीमा सिण्डिकेट लगाउनेगरी लेटर अफ कन्सेन्ट(एलओसी) प्रणाली लागू गर्ने नेपाल औषधि ब्यवसायी संघ कोशी शाखाको निर्णयको विराटनगरका ५ वटा औषधि ब्यवसायी संघहरुले विरोध गरेका छन् ।

नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधि सञ्चालक संघ, नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन र खाद्य, आयूर्वेद, पौष्टिक आहार तथा सौन्दर्य सामाग्री बिक्रेता संघले सिण्डिकेटको विरोध गरेको हो ।

शुक्रबार विराटनगरमा भएको संयुक्त भेलाले औषधि व्यवसायी संघलेले एलओसी लागू गरि औषधीको बिक्री वितरणमा सिण्डिकेट लगाउन खोजेको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । उनीहरुले अहिलेको खुल्ला बजार अर्थतन्त्रलाई चुनौती दिनेगरि एनसिडिएले यस अघि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रणाली लगाएर एकाधिकार कायम गर्न खोजेकोमा विरोध भएपछि घुमाउरो पाराले एलओसी लगाएर औषधिको बिक्री वितरणमा सिण्डिकेट लगाउन खोजेको बताएका छन् ।

तत्काल एलओसी प्रणाली खारेज नगरे कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत उनीहरुले दिएका छन् । औषधि बिक्री वितरणलाई ब्यवस्थित पार्ने भन्दै औषधि व्यवसायी संघले फागुन १० गते एलओसी प्रणाली लगाउने निर्णय गरेको थियो ।

औषधिको बिक्री वितरण गर्ने नयाँ कुनैपनि औषधि व्यवसायी तथा डिष्ट्रिब्यूटर्सले औषधि व्यवसायी संघको अनुमति लिनुपर्ने र उसको सिफारिसमा औषधि कम्पनीहरुले उत्पादन गरेका औषधि बिक्री वितरण गर्न पाउने एलओसी प्रणाली भएको उनीहरुको भनाइ छ । नेपाल औषधिगत बिक्री प्रबन्धक संगठनका केन्द्रीय अध्यक्ष सुरजित दत्तले औषधिको बिक्री वितरण सहज र सरल हुनुको साथै विरामी तथा सर्वसाधारणले जुनसुकै औषधि पसलमा खरिद गर्न पाउने अधिकारबाट बञ्चित हुनेगरी र एकाधिकार कायम गरि औषधीमा पाउने छुटसमेत नदिने संघका कोशी शाखाका अध्यक्ष कुमार खतिवडाको प्रयास भएको बताउनुभयो ।

अध्यक्ष दत्तले सरल र सहज रुपमा औषधी नपाउँदा विरामीको ज्यान समेत जाने खतरा उत्तिकै हुने भएकोले यस्तो गैरजिम्वेवार र विरामीको जीवनसँग खेलवाड गर्ने कदमलाई तत्काल नेपाल औषधी ब्यवस्था विभाग र सामाजिक विकास मन्त्रालयले खारेज गर्नुपर्ने माग गर्नुभएको छ । नेपाल औषधि सञ्चालक संघ, केन्द्रीय तदर्थ समिति विराटनगरका संयोजक देशबन्धु ढकालले आपूmहरु कुनैपनि सिण्डिकेट अस्वीकार गर्ने बताउनुभयो ।

भेलामा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका केन्द्रीय सचिव सुनिलकुमार श्रेष्ठ, नेपाल औषधि थोक ब्यवसायी संघ प्रदेश संयोजक केएल दास, विराटनगर शाखाका महासचिव प्रकाश रायमाझी , खाद्य, आयूर्वेद, पौष्टिक आहार तथा सौन्दर्य सामाग्री बिक्री संघका अध्यक्ष विपिनकुमार झा, पिनका उपाध्यक्ष हरिहर भण्डारी, सन्तोष शर्मा, रविन्द्र कोइराला , सन्तोष बुढाथोकी, उपेन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes