सामाजिक क्रियाकलापमा सिर्जना - Pahilo Online

सामाजिक क्रियाकलापमा सिर्जना

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिकाको सलकपुरमा सिर्जना फाईनान्सले समाजिक क्रियाकलाप अन्तर्गत एक दिने आँखा शिविर तथा सरसफाई कार्यक्रम गरेको छ ।

विराटनगर आँखा अस्पतालका डाक्टरहरुको सहयोगमा आँखाको परिक्षण गरी सिर्जना फाईनान्सले निःशुल्क चश्मा वितरण गरेको जनाएको छ ।

सिर्जना फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाञीको अध्यक्षता र प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौलाको प्रमुख अतिथ्यमा कार्यक्रम भएको थियो । शिविरमा ६ सय ५० जनाभन्दा बढीको आँखा परिक्षण भएको फाइनान्सले जनाएको छ । शिविरमा ३ सय १० थान चश्मा बितरण गरिएको थियो ।

स्वास्थ्य र सर–सफाईमा जनचेतना अभिबृद्धि गर्न बिद्यालय तथा मन्दीर र बिभिन्न संघ संस्थाहरुमा ४० थान फोहरदानीसमेत बितरण गरेको संस्थाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes