सुनचाँदी व्यापारी पाँच दिनदेखि बेपत्ता - Pahilo Online

सुनचाँदी व्यापारी पाँच दिनदेखि बेपत्ता

writer

विर्तामोड । विराटनगर स्थायी घर भएका झापाको बिर्तामोडमा सुनचाँदी व्यवसाय गर्ने व्यापारी ५ दिनदेखि बेपत्ता भएका छन्।

बिर्तामोडमा २ वर्षदेखि दावा ज्वयलर्स सुनचाँदी पसल सञ्चालन गरी बसेका २६ वर्षीय साजन मुखिया फागुन २० गते आइतबारबाट बेपत्ता भएको परिवारले जनाएको छ ।

पसलमा बस्दै गर्नु, बजार पुगेर आउँछु भनेर श्रीमतिलाई भनेर हिँडेका मुखिया बेखबर बनेका हुन् । सोही दिन दिउँसो १ः४१ बजेसम्म फोन सम्पर्क हुँदा बजारमा छु भनेमा त्यसपछि फोन अफ भएको र सम्पर्कमा नआएको श्रीमति रविना मुखियाको भनाइ छ ।

मुखिया हराएकै दिन इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराए प्रहरी अनुसन्धान प्रगतिबारे परिवारलाई कुनै जानकारी दिएको छैन । सुनचाँदी व्यवसायी संघ झापाले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ५ दिनदेखि संघको सदस्य बेपत्ता हुँदा पनि उनको विषयमा केही जानकारी प्राप्त नहुनु दुखद भएको बताएको छ। संघका अध्यक्ष राजु धमलाले प्रहरीले अनुसन्धान जारी रहेको बताएपनि बेपत्ता मुखियाको बारेमा कुनै जानकारी नदिएको बताउनुभयो ।

व्यवसायी बेपत्ता हुँदा सुनचाँदी व्यवसायीमाथि त्रास फैलिएको भन्दै संघले मुखियाको खोजीमा गम्भीर हुन प्रहरीलाई आग्रह गरेको छ । ईलाका प्रहरी कर्यालय बिर्तामोडका प्रहरी प्रमुख डीएसपी कृष्ण कोइरालाले घटनाका विषयमा सबै संयन्त्र परीचालन गरी अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उनको खोजीको लागि प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धान व्यूरो परिचालिन भएको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes