भारतको उपचुनाबको कारण सीमा नाका बन्द - Pahilo Online

भारतको उपचुनाबको कारण सीमा नाका बन्द

अररियाको लोकसभा सिटमा आइतबार चुनाब

writer

विराटनगर । भारतको बिहार राज्यको अररिया जिल्लामा लोकसभा सीटका लागि हुने उपचुनाबको कारण आज शुक्रबार साँझ ६ बजेदेखि ३ दिनसम्म जोगवनी–विराटनगर सीमानाका बन्द हुने भएको छ ।

आइतबार हुने निर्वाचनको लागि शुक्रबार साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्मको लागि सिमानाका बन्द गरिएको हो ।

तीन वर्ष अगाडि भएको लोकसभा निर्वाचनमा राष्ट्रिय जनता दल (आरजेडी) का नेता मोहम्मद तसलिलेद्दीनले जितेको क्षेत्रमा उपचुनाब हुन लागेको हो । तस्सलेद्दीनको गत सेप्टेम्बर ११ मा निधन भएपछि उपचुनाब हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार अररियाको लोभसभासहित भभुवा र जहानाबाद जिल्लाको विधानसभाको लागि पनि उपचुनाब हुँदैछ ।

कुल १७ लाख ३८ हजार ७६ मतदाता रहेको अररिया लोकसभा क्षेत्रको उपचुनावमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग हुने भएकोले ढिलोमा दुई दिनभित्रै परिणाम सार्वजनिक हुने बताइएको छ ।

अररिया लोकसभा सीटमा काँग्रेसआईको समर्थनमा लालु यादवको आरजेडीबाट मृतक सांसदका पुत्र मोहम्मद सरफराज आलम उम्मेदवार छन् । यस्तै जहानावाद विधानसभामा पनि काँग्रेसको समर्थनमा आरजेडीका उम्मेदवार छन् भने भभुवामा आरजेडीको समर्थनमा काँग्रेसआईका उम्मेदवार मैदानमा खडा भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes