प्रतिनिधिसभाको कमाण्ड महराको हातमा - Pahilo Online

प्रतिनिधिसभाको कमाण्ड महराको हातमा

आज मनोननय, भोलि चुनाब

writer

काठमाडौं । आगामी ५ वर्ष प्रतिनिधिसभाको नेतृत्व नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले गर्नुहुने भएको छ ।

वाम गठबन्धनको तर्फबाट सभामुखमा नेता महरालाई उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्रको कार्यालय बैठकले शुक्रबार विहान गरेसँगै उहाँले संसदको नेतृत्व गर्ने निश्चित भएको हो ।

प्रतिनिधिसभामा बाम गठबन्धनको करिब दुईतिहाई मत रहेकोले अर्को उम्मेदवार खडा भएपनि महरा सभामुख निर्वाचित हुने निश्चित छ । यसअघि बाम गठबन्धनमा राष्ट्रपति एमालेले र सभामुख माओवादीले लिने सहमति भएको थियो ।

महराले यसअघि सूचना तथा सञ्चार, परराष्ट्र, गृह र अर्थमन्त्रीको जिम्मेवारी सम्हालिससक्नुभएको छ । २०४८ सालमा भएको आम चुनावमा उहाँ तत्कालीन जनमोर्चाबाट सांसद बनेका थिए। महरा दाङ २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । उहाँ माओवादीको महासचिब रहिसक्नुभएको छ ।

सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ भने निर्वाचन भोलि शनिबार हुनेछ । प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन । उम्मेदवारीबारे सभापति शेरबहादुर देउवाले केहीबेरमा नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

सभामुखमा एमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङको पानि दावी रहेको थियो । एमालेले माओवादीलाई राष्ट्रियसभाको अध्यक्ष छाडेर सभामुख लिन प्रयास गरेपनि माओवादीले राष्ट्रपति छाडेपछि सभामुख नछाड्ने अडान लिएकोले महरा सभामुख बन्ने निश्चित भएको हो ।

सभामुख पदका लागि माओवादीभित्र महराबाहेक गिरिराजमणि पोखरेल, देव गुरुङ र पूर्वसभामुख ओनसरी घर्तीलगायतले दौडधुप गरेका थिए । तर, महराले बाजी मारेका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes