स्वीजरल्याण्डको हिमालमा नेपाली झण्डा - Pahilo Online

स्वीजरल्याण्डको हिमालमा नेपाली झण्डा

writer

पहिलो अनलाइन

स्वीटजरल्याण्ड । नेपालको पर्यटकीय सुन्दरतालाई स्वीटजरल्याण्डमा प्रचारप्रसार र प्रबद्र्धन गर्न स्वीजल्याण्डका हिमालहरुमा नेपाली झण्डा फहराइएको छ ।

स्वीजरल्यान्डका लागि पर्यटनदुतद्वय कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पाको संयुक्त आयोजनामा सधैका वर्षहरुमा जस्तै यस पटक पनि स्वीसमा पर्यटन प्रबद्र्धन कार्यक्रम भएको छ ।

गत मार्च ४ तारिखका दिन मेल्च्सी फ्रुटमा स्नो एण्ड फन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वीजरल्याण्डमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, पर्यटन ब्यबसायी र अन्यको उपस्थिति रहेको थियो ।

स्वीजरल्याण्डको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको बढ्दो बिकास र प्रगतिलाई ध्यानमा दिएर नेपालको लागि पर्यटन भित्र्याउन कार्यक्रम गरिएको आयोजक कमल भट्टले बताउनुभयो । जाडो याममा विश्वका विभिन्न देशबाट हिउँ खेल्नको लागि हजारौ पर्यटक स्वीटरल्याण्ड आउछन् । यहीँ समयलाई मध्यनजर गर्दै यहाँ रहेका नेपालीहरुले नेपाली झण्डासहित स्वीजरल्यान्डका हिमालमा स्नो फन कार्यक्रम मनाएका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes